सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस

SHARE:


काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसमक्ष आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ ।

यसैगरी, बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी र सदस्यहरुमा विष्णु भण्डारी, सुनिलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको जनाइएको छ ।

दुवै आयोगमा एक/एक अध्यक्ष र चार/चारजना सदस्य सिफारिस गरिएको हो ।

करिब एक वर्षदेखि दुई आयोग पदाधिकारीविहीन छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!