
लन्डन । लमजुङे कलाकारद्वय तिलकबहादुर गुरुङ (न्हंजरे) र विष्णुमाया गुरूङ (बन्सार) को एक कार्यक्रमबीच स्वागत, सम्मान र बिदाइ गरिएको छ ।
उत्तर-पश्चिम लन्डनमा आयोजित भव्य र सभ्य कार्यक्रममा तमुधिं यूके र रेडिङ समाज यूकेको निमन्त्रणामा यूके आएका कलाकारद्वयको स्वागत, सम्मान र बिदाइ गरिएको हो । आयोजकमध्येका एक कुमार गुरूङ (डाँडाथोक) ले संयोजक ज्ञान र कन्या दाइहरूलाई विशेष धन्यवाद दिए । उनले हल र साउन्ड सिस्टम उपलब्ध गराएकोमा तमु समाज यूकेलाई हार्दिक धन्यवाद भने ।

त्यस्तैगरी मीठो खानाको लागि गोरखा दरवार रेस्टुरेन्ट फेल्थामका धन दाइ र मिरा भाउजुलाई पनि धन्यवाद दिए । कार्यक्रममा उपस्थित तमु समाज यूकेका अग्रजहरू संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन गुरूङ, वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घले र कलाकारप्रेमी र लालकाजी र लाल क्होला सिक्लेसीलगायतलालाई पनि एकदमै धन्यवाद ज्ञापन गरिएको थियो ।

कलाकार विष्णुमायालाई कार्यक्रममा सहभागी गराउने गिल्डफोर्ड निवासी नवराज घले, पेय पदार्थको प्रायोजन गर्ने सम्पूर्ण महानुभावहरू, आर्थिक सहयोगीलाई पनि धन्यवाद दिइएको थियो ।






