डा. युवराज लिम्बूले ल्याए ‘मुटु र रक्तनली रोगः जानकारी र रोकथाम’ पुस्तक

SHARE:

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बूको ‘मुटु र रक्तनली रोग: जानकारी र रोकथाम’ कृति सार्वजनिक भएको छ ।

काठमाडौंको बौद्ध चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल परिसरमा बिहीबार आयोजित समारोहमा ९४ वर्षीया ज्येष्ठ नागरिक आङडोली शेर्पा र डा. लिम्बूले कृति लोकार्पण गरेका हुन् । डा. लिम्बूको यसअघि ‘अस्तित्व, पहिचान सन्दर्भमा’ कृति प्रकाशित छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटु र रक्तनली रोग विशेषज्ञका रूपमा २५ वर्ष सेवा गरिसकेका डा. लिम्बूले सर्वसाधारणले बुझ्ने भाषामा मुटु र रक्तनलीसम्बन्ध विषयगत चर्चा गरेका छन् । ‘विभिन्न स्थानमा सेवारत रहँदा भेट भएका बिमारीहरू र उहाँका आफन्तहरूसँग भएका संवाद र जिज्ञासा नै यो पुस्तक लेखनको लागि प्रेरणाको स्रोत हो,’ डा. लिम्बूले भने ।

मुटु रोगको इतिहास र वर्तमान अवस्था केलाउँदै विश्वभरि प्रत्येक वर्ष एक करोड ९० लाख मान्छेको मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको छ । यो सम्पूर्ण मानव मृत्युको झन्डै एक तिहाइ हो ।

‘नेपालजस्तो विकासोन्मुख मुलुकमा एकातिर उच्च रक्तचाप, मधुमेहजस्ता मुटु र रक्तनली रोगका कारकतत्वहरूको जोखिम सँगै कोरोनरी मुटुरोगको जोखिम र मृत्युदर बढिरहेको छ,’ डा. लिम्बू भने, ‘अर्कोतिर विकसित मुलुकहरूमा प्राय निराकरण भइसकेको बाथ ज्वरो र बाथ मुटुरोगको रोकथाम र मृत्यदरमा सुधार हुन सकेको छैन ।’

पुस्तकभित्र १५ वटा लेखमार्फत मुटुरोगबाट बच्न तथा निराकरणका निम्ति सावधानी अपनाउनु पर्ने विषयहरू उल्लेख गरिएको छ । मुटु र रक्तनली स्वास्थ्यका लागि दैनिक कति पाइला हिंड्ने, उच्च रक्तचाप र कोलेस्टोरोलबारे कुन उमेरबाट सजग रहने, उक्त रक्तचापका बिमारीले आफ्नो रक्तचापको निगरानी कसरी गर्नेजस्ता विषय छन् । मुटु तथा रक्तसंचार प्रणाली रोग जोखिमको अनुमानित गणना, छाती नदुखे पनि हार्ट एट्याक हुन सक्नेजस्तो जानकारी पनि पुस्तकमा समेटिएका छन् ।
मुटु र रक्तनली रोगसम्बन्धी जानकारी, यसका लक्षण, यसबारे गरिने परीक्षण, कोरोनरी मुटुरोग, उच्च रक्तचाप, बाथ ज्वरो र बाथ मुटुरोग, हार्ट फेलियर, मुटुको चालमा हुने समस्या र हार्ट ब्लकबारे जानकारी रहेका छन् ।

यसैगरी जन्मजात मुटुरोग, मुटु र रक्तनली रोगको रोकथाम, वायु प्रदूषण र मुटुरोग, रक्तनली रोगहरू, नियमित व्यायामको महत्व, मुटुरोग र स्वास्थ्य खाना, मुटु र रक्तनली रोगमा एआईको प्रयोगसमेत दिइएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!