अभद्र व्यवहार कसूरमा गायिका आस्थाविरुद्ध पक्राउ पुर्जी जारी

SHARE:

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

उनीविरुद्ध आरोप पुष्टि भए प्रमुख जिल्ला अधिकारीले १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन्।

महानगरीय प्रहरी परिसरका अधिकारी राउतविरुद्धको पक्राउ पुर्जीको निवेदनसहित आइतबार दिउँसो २ बजे बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो। राउत अहिले सिक्मिममा रहेको बुझिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!