प्रदेश सांसद मनाङेविरुद्ध उजुरी दिन मिलन पनि पक्राउ

SHARE:

 

पोखरा । कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् ।

केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा ठगी मुद्दामा उजुरी परेकाले पक्राउ गरिएको हो’ कास्की प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए । जाहेरीवालाको नाम भने खुलाउन नमिल्ने उनले बताए ।

बक्यौता रकम तिर्नुको सट्टा मिलन गुरुङले आइतबार पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई हातपात गरेका थिए । मिलन पटकपटक झैझगडामा मुछिँदै आएका छन् । प्रतियोगिता गर्ने, रकम बुझाउनुपर्ने ठाउँमा नबुझाउने र पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रिने उनको स्वभाव रहँदै आएको छ ।

मनकामना पोखरा कप फुटबल प्रतियोगिताको अघिल्ला केही संस्करणका तिनुपर्ने रकम बाँकी रहेको उनीमाथि आरोप छ । क्रियटिभ हाउसका सञ्चालक रामकृष्ण पौडेलका अनुसार संघबाट उनले १० लाख रुपैयाँ पाउनुपर्ने छ । आइतबार केही सामान लिन मिलन क्रियटिभ अवार्ड हाउस पुगेका थिए । सञ्चालक पौडेलले पहिलेको बक्यौता रकम मागेपछि गुरुङ हातपातमै उत्रिएका थिए । पौडेलले पनि आइतबार जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध ठाडो उजुरी दिएका थिए ।

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङले मिलनमाथि केही दिनअघि थप्पड हानेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!