गृहमन्त्री थापा भन्छन्, -‘एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न सकिन्न’

SHARE:

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताएका छन् ।

सुर्खेतमा भएको कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र स्वतन्त्रता कुण्ठित पार्न खोजे मान्य नहुने बताएका हुन् । उनले नेकपाको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार नै सरकार अघि बढ्ने स्पष्ट पारे ।

उनले एमसीसीबारे पार्टीमा छलफल भएर हिन्द प्रशान्त रणनीति एमसीसीमा समेटिए सम्झौतामा सहभागी नहुनेसमेत बताए । अन्तर्राष्ट्रिय कुटनीति सुद्रिढ हुँदै गएको बताउँदै उहाँले संघीयता कार्यान्वयन गर्न केही कानुन बन्न बाँकी रहेको बताए ।

गृहमन्त्री थापाले चीनले पनि नेपालको पूर्वाधार, जलविद्युत्, राजमार्ग र सञ्चारलगायत क्षेत्रमा लगानी गर्न बिआरआईमार्फत ६० अर्ब रुपैयाँ बजेट लगानी गर्ने उल्लेख गर्दै लिम्पियाधुराको समस्या समाधान गर्न सरकारले भारतसँग कुटनीतिक पहल गरिरहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!