सभामुखमा सापकोटा निर्विरोध चयन

SHARE:

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको सभामुखमा अग्नीप्रसाद सापकोटा निर्विरोध चयन भएका छन् ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आइतबार बैठक डाकिएको थियो ।

सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको थियो ।

सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावलीअनुसार उनी निर्विरोध भएका हुन ।

सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण छन् ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भएको हो ।

कांग्रेसलगायतका प्रतिपक्ष दलले सभामुखमा उम्मेदवारी नदिँदा सापकोटा निर्विरोध भएका हुन ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोप लागेर पदबाट राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त थियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!