तमु आदिकवि हर्कबहादुर गुरुङको ८३औं जन्मजयन्ती स्याङ्जाको फेदीखोलामा

SHARE:

स्याङ्जा । तमु आदिकवि हर्कबहादुर गुरुङको ८३औं जन्मजयन्ती उनकै जन्मस्थल फेदीखोलामा मनाइएको छ ।

तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान र फेदीखोला गाउँपालिकाले संयुक्त रुपमा आयोजनामा मनाइएको जन्मजयन्तीमा उनको योगदानका बारेमा चर्चा गर्दै सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको थियो । ‘क्युदे थुलेन दुःख मह्ना वर्षा मुलारी …’ जस्ता चर्चित गीत रचेर राणा शासन र पञ्चायती व्यवस्थाका बेला पनि समाजमा चेतना जगाउन महत्वपूर्ण योगदान दिएका तमु आदिकवि हर्कको सम्मानमा विगत डेढ दशकबाट जन्मोत्सव मनाउँदै आएको छ ।

फेदीखोला गाउँपालिकाको साल्मे रामकोट गाउँमा जन्मिएका हर्कको सम्मानमा गतवर्षबाट गाउँपालिकाकै सहभागितामा जन्मजयन्ती मनाउँदै आएको छ । यसवर्ष पनि गाउँपालिका र स्मृति प्रतिष्ठानको सक्रियतामा उनकै जन्मथलोमा जन्मजयन्ती मनाइएको हो । तमु आदिकवि हर्कको योगदानको चर्चा गर्दै गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले हर्कको प्रतिमा बनाउनु साथै प्रकाशन नभएका कृति प्रकाशन गर्ने बताए । अर्को वर्षबाट आदिकवि हर्कको जन्मजयन्तीको अवसरमा भव्य कार्यक्रम गरिने बताए । तमु आदिकवि हर्कका आफन्त बहादुरसिंह गुरुङ, फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, फेदीखोला १ का वडाध्यक्ष खिमबहादुर क्षेत्री, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष डण्ड गुरुङ लगायतले उनको योगदानबारे चर्चा गरेका थिए ।

जनहितका निम्ति जनजागरण गीत रचना गर्दै सचेतना जगाउन महत्वपूर्ण योगदान गरेको भन्दै राज्यबाट उच्च सम्मान हुनुपर्नेमा जोड दिए । प्रतिष्ठानका उपाध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सदस्य अविलास गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

तमु आदिकवि हर्कबहादुर गुरुङको ८३औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा पनि तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद र मिलिजुली तमु समाज काठमाडौंले कार्यक्रम गरी सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!