गायिका आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गरिने

SHARE:

काठमाडौँ । गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् । गायिका राउत सोमबार बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो। राउत आफ्‍ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्।

परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राउतले आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन्। ‘उहाँले आफ्‍नो व्यवहारप्रति पश्चात्ताप गर्नुभएको छ र कानुनको पूर्ण पालना गर्छु भन्नु भएको छ,’ डीएसपी बोगटीले भने, ‘मैले गल्ती गरें माफी चाहन्छु भन्नु भएको छ।’

प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!