इन्टेक १९८४ को अध्यक्षमा रुपप्रसाद

SHARE:

एटा संवाददाता
अल्डरसट । इन्टेक १९८४ को छैटौं कार्यसमितिको अध्यक्षमा रुपप्रसाद गुरुङ चयन भएका छन् ।

गत शनिबार ५ मे २०१८ का दिन फेल्थाममा सम्पन्न नम्बरीहरुको साधारणसभाले इन्टेक १९८४ को अध्यक्षमा रुपप्रसाद र महिला समिति अध्यक्षमा समले सुब्बालाई चयन गरेको हो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा साधारणसभा आयोजना गरिएको थियो । साधारणसभामा अंग्रेजीमा अनुवाद गरिएको विधानबारे व्यापक छलफल गरिएको थियो । विधानलाई डा. चन्द्र लक्सम्बाले अनुवाद गरेका थिए । त्यस्तै, कोषाध्यक्ष जगदीश गुरुङले संस्थाको आय–व्यय प्रस्तुत् गरेका थिए ।

साधारणसभापश्चात् दोस्रो चरणमा नम्बरीहरुको वार्षिक भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । सन् १९८४ सालमा ब्रिटिस गोर्खा आर्मीमा भर्ती भएका नम्बरीहरुबीच परिवारसहित प्रत्येक वर्ष भेटघाट कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

इन्टेक १९८४ का अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव योगेश थापा र वेभमास्टर प्रेम तामाङले सञ्चालन गरेका थिए । पूर्ण बखिम र गंगा सुब्बाले बिङ्गो सञ्चालन गरेका थिए ।

धेरैजसो नम्बरी दिदीबहिनीहरुबीच लामो समयपश्चात् पुनर्मिलन भएकोले पनि सबैजना कुराकानी साटासाटमा व्यस्त देखिन्थे । स्वादिष्ट भोजनका साथ बीबीक्युमा रमाएका नम्बरी परिवारले राफल ड्र मा समेत रमेका थिए । सो राफल ड्र को पुरस्कारलाई छैटौं कार्यसमितिका पदाधिकारीहरुले प्रायोजन गरेका थिए भने संस्थापक संयोजक विष्णु तामाङ, सफल व्यवसायी रामचन्द्र शाही र यम शेरचनले कार्यक्रमलाई आर्थिक सहयोग गरेका थिए ।

त्यस्तै, कार्यक्रममा शैक्षिक क्षेत्रमा डिग्री हासिल गरेकी अनिसा गुरुङ, सामाजिक सेवा र भूतपूर्व गोर्खाहरुलाई योगदान पु¥याउँदै आएका डा. चन्द्र लक्सम्बालाई सम्मान गरिएको थियो । त्यस्तै, सूर्यमान गुरुङ, बिमला सेने, गिरी गुरुङ, सीता शेरचन, याम शेरचन र वेभमास्टर प्रेम तामाङलाई अध्यक्ष अर्जुनकुमार गुरुङले खादा लगाई सम्मान गरेका थिए ।
विविध कार्यक्रमका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न कार्यक्रममा सलिन थापाले आकर्षक नृत्य र साधुराम गुरुङले विभिन्न गीतहरु प्रस्तुत् गरेका थिए । अध्यक्ष अर्जुन गुरुङले उपस्थित नम्बरीहरु र सहयोगदाताहरुले धन्यवाद दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!