पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न [तस्बिरहरुसहित]

SHARE:

लन्डन । पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

२६ जुलाई २०२६ का दिन पसगाउँ सिंद्धीको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष देवीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पूर्णचन्द्र गुरुङले गरेका थिए ।

विवाह भएर पराई भएको माइतीसँग भेटघाट गर्ने, वर्षभरिको दु:ख, सुख साटासाट गर्ने, आगन्तुकलाई स्वागत गर्ने, नयाँ प्रोपटी किन्ने, वैवाहिक जीवनमा प्रवेश गर्ने, बच्चा जन्मिने, सामाजिक गतिविधिमा संलग्न हुने, उच्च पदमा चयन हुने, नयाँ व्यवसाय सञ्चालन गर्ने, उच्च शिक्षा हासिल गर्ने र विभिन्न क्षेत्रमा मानपदवी, सम्मान पाउने आदिलाई बधाई तथा शुभकामना दिने उक्त कार्यक्रमको विशेषता हो ।

कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका प्रिया गुरुङले सांगीतिक प्रस्तुति राखेकी थिइन् ।

पसगाउँ सिङ्दी परिवार यूके नेपालको लमजुङका क्व्होलासोथार गाउँपालिका वडा ५ सिङ्दी गाउँ र वडा ६ पसगाउँ पुख्यौली थलो भई हाल युकेमा बसोबास गर्नेहरुको संस्था हो ।

 

 

 

तस्बिर सौजन्य : बिनु गुरुङ र प्रिया गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!