तमुधिं यूके र सहारा यूकेलाई तमुधिं नेपालमा स्वागत

SHARE:

हुम तमु
पोखरा । यूकेमा रहेर सामुदायिक हितका लागि जुटिरहेका तमुधिं यूके र सहारा यूकेका अभियन्ताहरुलाई तमुधिं नेपालले शनिबार स्वागत गरेको छ ।


पोखरा ९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधिं यूके र एनआरएन यूकेका पूर्वअध्यक्ष मुच्छेत्र गुरुङ, सल्लाहकार चन्द्रमान गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष मिनबहादुर गुरुङ, कोषाध्यक्ष सारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, तमुधिं यूके तथा सहारा यूकेका सदस्य श्री चन्द्र गुरुङ, एनआएएनका रविन्द्र गुरुङलाई तमुधिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङ खादा लगाएर स्वागत गरेका थिए ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले यूकेमा पोखरा आगमन हुँदाको स्वागत तथा आतिथ्यताले समाजसेवा र सामाजिक अभियन्ताको महत्व महसुस हुने र थप सेवा गर्न प्रोत्साहन मिल्ने बताए ।

तमुधिं नेपालको स्थापनाको इतिहास, तमुहरुको लागि गरेको सेवा र संस्थागत महत्वको अनुभूतिले नै यूकेमा पनि तमुधिं स्थापनाको प्रेरणा मिलेको बताए ।

तमुधिं यूके स्थापनापश्चात् यूके र नेपालमा सामुदायिक लगायत विभिन्न विकास र संस्थागत साथ सहयोग गरिएको बताए । पोखरा रंगशालाको पर्खाल, तमु सांस्कृतिक प्रतिष्ठानको तमु विद्यार्थीलाई छात्रवृत्ति, सहारा पोखरालाई सहयोग, महाभूकम्पमा तमुधिं यूकेको भूमिका, धर्मकाया बुद्ध मण्डला, बाढी पहिरो, विभिन्न इभेन्टहरुमा सहकार्य र संघ संस्थाहरुसँग हार्दिकता सबैसामु स्पष्ट भएको उनले बताए । यसरी नै दुई वर्षअघिदेखि तमु समुदायका लागि त्रिभाषिक सांस्कृतिक पुस्तक लेखन तमु कल्चरल फोरमले गरिरहेको जानकारी दिँदै विगतमा क्होलासोंथर भ्रमणमा साथसहयोग गर्ने सबैलाई धन्यवादसमेत व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका तमुधिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले व्यस्तताको बाबजुद आमन्त्रणलाई स्वीकार गरेका धन्यवादका साथै स्वागत गर्दै तमुधिं यूकेको सामाजिकसेवा र क्रियाशीलताले आपूmहरु प्रेरित भएको बताए । तमु अभियन्ताहरु जहाँ रहे पनि एउटै लक्ष्य र उद्देश्यसहित सेवामा जुटेकाले तमुधिं यूके र तमुधिं नेपालको सम्बन्ध प्रगाढ रहेको बताए । उनले भने, सामाजिक रुपमा स्थापित भएका तमु संघ संस्थाहरुको छाता संस्थाको रुपमा एकताबद्धता जरुरी छ, धार्मिक संस्थाहरुले धार्मिक, सांस्कृतिक संस्थाहरुले सांस्कृतिक, शैक्षिक संस्थाहरुले छाता संस्थाहरुमा आबद्ध भई क्रियाकलाप गर्नुपर्ने बताए । कार्यवाहक अध्यक्ष गुरुङले तमु एकताबाट मात्रै तमु जातीय सामुदायिक अधिकार प्राप्ति गर्न सम्भव हुनेछ भन्दै एकतापश्चात् पोखरामा तमुहरुको विश्व सम्मेलन आयोजना गरिने बताए ।

कार्यक्रममा सचिव अधिवक्ता जुनाकुमारी गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!