मेडिटेसनबारे जानकारी दिइने

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) मा विपसना मेडिटेसन (ध्यान) बारे जानकारी दिइने भएको छ ।

विगत ३ वर्षदेखि प्रत्येक आइतबार बिहान ७ देखि ८ बजेसम्म बिसीसी गुम्बा परिसरमा अल्डरसट मेडिटेसन ग्रुपको संयोजनमा मेडिटेसन गराउँदै आएको छ । पछिल्लो समय मेडिटेसनबारे धेरैको चासो बढ्दै गएको सन्दर्भमा विपसना ध्यान केन्द्रले प्रदान गर्दै आएको मेडिटेसनबारे जानकारी गराउने उद्देश्यले आउने आइतबार २ फेबु्रअरी बिहानको नियमित मेडिटेसनपश्चात् एक जानकारीमूलक कार्यक्रम आयोजना गरिने अल्डरसट मेडिटेसन ग्रुपका संयोजक मेजर हितमान गुरुङले जानकारी दिए । उनका अनुसार त्यस दिन बिहान विपसना मेडिटेसनको अनुभव लिइसकेका मैया केसी डंगोल, कमल थापा लगायतले सो विपसना मेडिटेशन कहिले र कहाँ हुदैछ ? कसरी दर्ता गर्न सकिन्छ भन्ने लगायत आफूहरुले लिएको अनुभव सुनाउने भएका छन् ।

सिद्धार्थ गौतम बुद्धले सुरुवात गरेको विपसना मेडिटेसनलाई भारतका एस.एन. गोइन्काले संसारका विभिन्न देशमा ध्यान केन्द्र स्थापना गरेका हुन् । तिनै ध्यान केन्द्रबाट लाखौंजनाले मेडिटेसन गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!