नेविसंघको अध्यक्षमा ढुङ्गाना, ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने जिम्मेवारी

SHARE:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्षमा सुनसरीका राजीव ढुङ्गाना मनोनीत भएका छन् । काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार रिक्त ‘नेपाल विद्यार्थी सङ्घ केन्द्रीय तदर्थ कार्यसमिति’ गठन गरेका हुन् । पार्टीको २०७५ साल फागुन १ गतेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टी सभापति देउवाले ढुङ्गानालाई मनोनीत गरेका हुन् ।

विसं २०४६ मा नेविसंघको जिल्ला सदस्यबाट नेविसंघको राजनीति सुरु गरेका ढुङ्गानाले यसअघि नेविसंघ केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । तदर्थ समितिको महामन्त्रीमा काठमाडौँका मनोज वैद्य र पाल्पाका महेश्वरी कुँवर रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कार्यसमितिलाई आजको मितिदेखि छ महिनाभित्र नेविसंघको आगामी १२ औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

तदर्थ कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् भने यसअघि कायम रहेको नेविसंघ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ साल माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउने छन् । नेविसंघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यको मनोनयन यथाशीघ्र गरिने पार्टी कार्यालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!