साइप्रस । मन्जुश्री सम्वत् २८५६, सोनाम ल्होछार जिवा/नम्युङ ल्हो (मुसा वर्ग) को शुभ अवसरमा आइतबार नेपाल तामाङ घेदुङ साइप्रसले आयोजना गरेको “बृहत सांस्कतिक कार्यक्रम” सम्पन्न भएको छ ।
प्रमुख अतिथि हनरी काउनसिलर साइप्रसको डा. रामजीवन पन्जियार, विशेष अथिति, अतिथिहरुको समउपस्थितिमा भव्य र सभ्य तरिकाले कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालबाट अतिथि कलाकारहरु लोकप्रिय गायक तथा द मंगोलियन हार्टका राजु लामा, सेलो गायक तथा मोडल खेम मोक्तान तथा स्थानीय नेपाली कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।
कार्यक्रम सफल पार्न दिनरात सक्रियपूर्वक खटिने र आर्थिक भौतिक नैतिक सहयोग गर्ने सम्पूर्ण कार्यसमितिका साथीभाइ दिदीबहिनीहरु, सल्लाकारहरु, साईप्रसमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, साइप्रसमा सक्रिय नेपाली संघ/संस्थाहरु, प्रायोजक, मिडिया पाटनरहरुलाई आयोजक संस्थाकी साङमो थोकर तामाङले धन्यवाद दिएकी छन् । त्यस्तै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देश विदेशबाट समेत नेपाल तामाङ घेदुङ, साइप्रसलाई माया गरेर नैतिक र भावानात्मक साथ सपोर्ट गर्ने सबैलाई उनले धन्यवाद भनेकी छन् ।
त्यस्तै साईप्रसमा रहेर पनि विभिन्न काम विशेषले उपस्थिति हुन नसकेको तथा उपस्थित नभएरै कार्यक्रमलाई टाढैबाट सफल बनाउन सकरात्मक सोचसहित कार्यक्रम सफलताको शुभकामना दिने सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुमा पनि उनले धन्यवाद भनेकी छन् ।
उनले कार्यक्रममा जानेर या नजानेर कमीकमजोरी भएको भए आयोजकको तर्फबाट सबैमा क्षमायाचनासहित अगामी दिनहरुमा सुधार्ने वाचाका साथ संस्थाको तर्फबाट र व्यक्तिगत तर्फबाट भविष्यमा पनि सपोर्ट, माया र सद्भावको आशा गरेको फेसबुक सञ्जालमा लेखेकी छन् ।










