सांसद हितबहादुर तामाङले भने, ‘सुशासन दिन, विकास र जनसेवा गर्न तयार हुने कि नहुने ?’

SHARE:

एटा संवाददाता

घलेगाउँ । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद एवं नेकपाका प्रभावशाली नेता हितबहादुर तामाङले नुवाकोटको विकासका लागि सबै दल र जनप्रतिनिधिहरुलाई एक ढिक्का भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

शनिबार आयोजित अन्तरपालिकास्तरीय प्रथम पञ्‍चकन्या चेयरमेन कप भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वमन्त्री रहेका तामाङले सबै एकजुट भएर नुवाकोटको विकास र समृद्धिमा लाग्‍नु पर्नेमा जोड दिएका हुन् । ‘हामी सबैले प्रतिबद्धता गरौं । यो दल र ऊ दल नभनी जनअपेक्षाअनुसार सुशासन दिन, विकास गर्न र जनसेवा गर्न तयार हुने कि नहुने ?’ प्रश्‍न गर्दै उनले भने, ‘मलाई विश्वास छ, यस विषयमा कसैको पनि विमति हुने छैन । यसतर्फ उपस्थित नेताहरु, जनप्रतिनिधिहरु कसैको विमति हुने छैन ।’

पञ्‍चकन्या गाउँपालिकाले आयोजना गरेको भलिबल प्रतियोगिता जिल्लास्तरको महत्वपूर्ण राजनीतिक सम्मेलन जस्तो भएको भन्दै सांसद तामाङले सबै जिल्ला र मुलुकको विकासका लागि कुनै कसर बाँकी राख्‍न नहुने भनाइ राखेका थिए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा उपस्थित कार्यक्रममा सांसद तामाङले उहाँहरु (प्रचण्ड, केपी ओली) जस्ता नेताहरु नभएको भए मुलुकमा शान्ति र नयाँ संविधान निर्माण असम्भव रहेको स्मरण गराए । उनले भने, ‘यदि प्रचण्ड, कमरेड केपी ओलीजस्ता वा नेकपाका समग्र शीर्षस्थ नेताहरु अराजकता, अशान्ति, अस्थिरतालाई अन्त्य गरेर मुलुकलाई समृद्धिको नयाँ मार्गमा हिँडाउन चाहना राख्ने र ठूलो इच्छा शक्ति राख्ने नेताहरु नभइदिएको भए शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाको आधारमा, लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बन्दैनथ्यो ।’

उनले लामो समयपछि दुई तिहाइ बहुमत प्राप्त स्थायित्व दिने खालको सरकार बन्‍नु पनि नेपालको विकास र समृद्धिलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

संघीय सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको विकासलाई अब कसैले पनि रोक्न नसक्ने भन्दै पार्टी नेतृत्वले ध्यान दिनु पर्ने बताए । उत्तरी नाकाहरु खुल्ने र ठूला भौतिक पूर्वाधार निर्माणको क्रम जिल्लामा बढेसँगै काठमाडौं छिरेका नुवाकोटेहरु फर्कन थालेको उनको भनाइ थियो । उनले आग्रह गरे, ‘नुवाकोट छोडेर जानु भएकाहरुले जिल्लाको विकासमा सहयोग गरिदिनुस् । तपाईंहरु फेरि फर्किएर आउनुहोस् । राजधानीको त्यो उखरमाउलो स्थितिमा आफू त्यहाँ रहन सक्नुहुन्न ।’

उनले आगामी चुनावमा भर्खरै अध्ययन सकिएको टोखा-छहरे सुरुङबाट आफ्ना नेताहरुलाई नुवाकोटको चुनावी कार्यक्रममा सहभागी गराउने आफ्नो चाहना रहेको बताए । उनले अरु विकास निर्माणका काम भइरहेको उनले बताए । हिजोको दिनमा थितिमा नचलेको र अहिले देश विधिको शासनमा चलिरहेको उनको दाबी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!