पूर्वसचिवकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार चौधरी मृत फेला

SHARE:

काठमाडौँ । भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ ।

ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा सख्त घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो । घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो ।

यस्तै कार्कीको घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्‍दाजी २२-२३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ। ‘उनको टाउकोमा गहिरो चोट थियो । हाम्रा चिकित्सकहरु ४५ मिनेटसम्म सीपीआर दिएर रिभाइभ गर्ने कोसिस गर्‍यौं। तर त्यो सफल हुन सकेन,’ अस्पताल प्रशासन स्रोतले भने ।

बिहान घरबाहिर निस्किएका पूर्वसचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो। ‘प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टार अस्पताल लगिएको हो,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘उहाँको अवस्था निकै गम्भीर थियो। यस्तै कामदारको भने मृत्यु भइसकेको अवस्था थियो ।’

परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार अहिले घटनास्थलको मुचुल्का गर्ने कार्य भइरहेको छ । सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!