दुर्गा प्रसाईं साधारण तारेखमा रिहा

SHARE:

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छोडेको छ । प्रशासन कार्यालयले माघ २ गते अभद्र व्यवहार गरेको उजुरीमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख सविन प्रधानका अनुसार प्रहरीले आइतबार जिल्ला सरकारी वकिललाई प्रसाईंविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको थियो। एसपी प्रधानका अनुसार प्रसाईंले मंगलबार प्रशासन कार्यालयमा गएर बयान दिएका थिए।

भक्तपुरका साहयक सीडीओ दीलिप लामिछानेले प्रसाईंको बयान पछि उनलाई साधारण तारेखमा छोड्ने आदेश दिइएको पुष्टि गरे। प्रसाईंले आफूविरुद्ध अभद्र व्यवहार, गाली बेइज्जती तथा मानहानी गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले उजुरी दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!