यूकेका पाहुनाहरुलाई स्वागतै स्वागत

SHARE:

हुम तमु
पोखरा । पोखरा म्याराथनलाई भव्यताका साथ सफल बनाउन यूकेदेखि पोखरा आएका पाहुनाहरुलाई आइतबार पोखरामा बिहानैदेखि विभिन्न संघ संस्थाहरुले स्वागत सम्मान गरेको छ। बिहानैदेखि बेलुकासम्म काहुँडाडादेखि साल्मेडाडाको स्वागत सम्मानमा यूके लगायत युनेस्कोको टिमलाई भ्याई नभ्याईए भएको हो।

एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, तमु धिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङ, पुर्व अध्यक्ष कमल गुरुङ, कार्यसमिति सदस्य भोजबहादुर गुरुङ, साउथ इष्ट रिजनल तमु धिं लन्डनका उपाध्यक्ष योगेश गुरुङ, तमु प्ये ल्हु संघ यूके अध्यक्ष मेजर खुशीमान गुरुङ, सल्लाहकार नरजंग गुरुङ, लोकबहादुर गुरुङ, लालकाजी गुरुङ, क्वोने घोताने यूकेका महासचिव इन्द्र घोताने, साहारा यूकेका धनु थाकाली, पुर्व डिएसपी एवम् पत्रकार बाचस्पति रेग्मी सामाजिक अभियन्ता शिक्षाविद महेश गुरुङ, राम गुरुङ लगायत पोखरा म्याराथनमा ११ राष्ट्रको सहभागीता गराएको युनेस्कोको पिस फर रन टोलीलाई बिहानै पोखरा ११ काँहुडाडामा स्वागत तथा धर्मकाया बुद्ध मण्डला निर्माणमा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले स्वागत गर्यो। उक्त अवसरमा मण्डला निर्माणका बारेमा कार्यवाहक सचिव पुर्ण लामाले जानकारी दिएका थिए भने कार्यक्रममा एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, युनेस्कोका पुर्व उपाध्यक्ष डा.डेभिल्सन लगायतले स्वागतका लागि धन्यवाद दिदै धर्मकाया बुद्ध मण्डला निर्माणको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

मण्डलाकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ, सिआई हरी गुरुङ लगायतले मण्डला निर्माण विविध पक्षमा बारेमा जानकारी दिए ।

उक्त कार्यक्रम पश्चात काँहुमै अवस्थित पोखरामा आधुनिक विकास प्रवेश गराउन विशेष भुमिका निर्वाह गर्नुभएका स्वर्गीय मेजर बीरसिंह गुरुङको निवासमा मेजर बीरसिंह स्मृति प्रतिष्ठान र काँहु घोताने परिवारले स्वागत र मेजर बीरसिंहको योगदानका बारेमा जानकारी गराइएको थियो। स्वर्गीय मेजर बीरसिंह गुरुङको स्मृतिमा मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको कार्यक्रममा काहुँ घोताने परिवारका अध्यक्ष तथा मेजर बीरसिंह स्मृति प्रतिष्ठानका सचिव सुवेदार इन्द्रबहादुर गुरुङले स्वर्गीय गुरुङको जीवनी र योगदानका बारेमा जानकारी गराउनुभएको थियो। उक्त कार्यक्रममा लक्ष्मीप्रसाद गुरुङ र हरि गुरुङले समेत बोलेका थिए ।

यूके र युनेस्को टोलीलाई आइतवार तेश्रो स्वागत तथा सम्मान तमु धिं नेपालले गरेको थियो। कार्यक्रममा तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, युनेस्कोको डा.डेभिल्सन, कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष हुमबहादुर गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए । तमु धिं नेपालमा पाहुनाहरुलाई दिवाभोजको समेत व्यवस्था गरिएको थियो।
यसै विच तमु धिं नेपालद्वारा आयोजित तमु विद्यार्थीहरुका लागि लोक सेवा परिक्षा तयारी कक्षाका सहभागीहरुलाई एन आर एन यूकेकी अध्यक्ष पुनम गुरुङ प्रोत्साहन गर्नुुहुदै नेपालमै धन, इज्जत प्रतिष्ठा आर्जन गर्न सक्ने बताए ।

यसरी नै यूके टोलीको चौथो कार्यक्रम पोखरा १७ दोविल्लास्थित सहारा एकेडेमीमा अवलोकनका लागि पुगेको थियो। एकेडेमीमा साहारा क्लवले स्वागत गरेको थियो भने त्यसपश्चात स्याङजा फेदिखोला गाउपालिकास्थित साल्मेडाडामा निर्माणाधीन गोरखा स्मारकको अवलोकन र केही सहयोगदाताहरुबाट सहयोग समेत हस्तान्तरण गरिएको थियो।

यसैगरी यूके टोलीलाई तमु साँस्कृतिक प्रतिष्ठान नेपालले स्वागत एवम प्रतिष्ठानको गतिविधीबारे जानकारी गराएको छ। आइतवारको छैटौं कार्यक्रमकामा एनआरएन यूकेकी अध्यक्ष पुनम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, तमु धिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङले प्रतिष्ठानको प्रसंसा गरेका थिए । उक्त कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङ र अध्यक्ष चित्रबहादुर गुरुङ प्रतिष्ठानको गतिविधी र अवस्थामा बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष श्रीजंग गुरुङले गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिष्ठानलाई पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङले ५० हजार एक सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो भने प्रतिष्ठानको हालसम्मको प्रतिवेदन तमु धिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रम पश्चात गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यूके टोलीलाई स्वागत तथा भेटघाट कार्यक्रमसमेत आयोजना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!