गोर्खाका मेयर पन्त स्वदेश फिर्ता

SHARE:

एटा संवाददाता
अल्डरसट । रस्मुर बरो काउन्सिलको निमन्त्रणामा बेलायत आएका गोर्खा नगरपालिकाका मेयर राजनराज पन्त नेपाल फर्किएका छन् । उनी गत शनिबार १५ फेब्रुअरीका दिन नेपाल फर्केका हुन् । उनीसँगै आएका नेपाल पत्रकार महासंघ गोर्खाका अध्यक्ष किशोरजंग थापा पनि फिर्ता भएका छन् ।


उनीहरुलाई बिदाई गर्न ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, उपाध्यक्ष मान गुरुङ, सल्लाहकार शेरबहादुर सुनार, काउन्सिलर प्रवेश केसी, एनआरएनए पूर्वआईसीसी सदस्य कुमारी, गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङ लगायत हिथ्रो एयरपोर्ट पुगेका थिए ।

रस्मुर बरो काउन्सिलको कार्यालयमा बरो काउन्सिल र गोरखा नगरपालिकाका मेयरबीच मितेरी सम्बन्ध गाँस्न आयोजित हस्ताक्षर कार्यक्रममा सहभागी हुन गत २९ जनवरीका दिन पन्त नेतृत्वको टोली बेलायत आएको थियो । दुवै निकायबीच ३० जनवरीका दिन रस्मुर बरो काउन्सिलको कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मितेरी सम्बन्ध गाँसिएको थियो । ग्रेटर रस्मुर नेपाली कम्युनिटी यूकेको विशेष पहलमा दुवै स्थानीय निकायबीच मितेरी सम्बन्ध गाँसिएको हो ।

भगिनी सम्बन्धमा हस्ताक्षर कार्यक्रमका लागि गोर्खा नगरपालिकाका प्रमुख राजनबाबु पन्त, नगरपालिकाकी प्रमुख कार्यकारी अधिकृत कृष्णकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको टोली बेलायत आएकोमा कार्यकारी अधिकृत श्रेष्ठ यसअघि नै नेपाल फर्किसकेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!