कांग्रेसको ‘छाया सरकार’ सशक्त रुपमा प्रस्तुत हुने

SHARE:

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले बनाएको ‘छाया सरकार’ ले सरकारमा भएका भ्रष्टाचारको विषयलाई प्रभावकारी ढंगले उठाउने भएको छ । आइतबार सिंहदरबारमा पहिलो पटक बसेको छाया सरकारको बैठकले विभिन्‍न मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै सदन, सडकबाट प्रभावकारी ढंगले अगाडि लैजाने निष्कर्ष निकालेको हो ।

बैठकपछि छाया श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सांसद डिला संग्रौलाले भनिन्- ‘गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरणले हरेक मन्त्रालयमा भ्रष्टाचारको जालो देखाएको छ। सरकारबाट जनताका काम भएनन्, सुशासन भएन। हाम्रो भूमिका झन् सक्रिय हुनुपर्‍यो भन्ने छलफल भयो।’ उनका अनुसार छाया सरकारका संयोजक एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा बसेको बैठकले मन्त्रालय-मन्त्रालय जाने, क्रियाशीलता बढाउने, अनुगमन गर्ने र मन्त्रीसँग बैठक र रिपोर्टिङ लिने र अनियमितता उजारीकरण गर्ने निर्णय गरेको छ।

कांग्रेसले सदनमा प्रभावकारी ढंगले उपस्थिति देखाउन शून्य र विशेष समयमा प्राय: सबै सदस्य बोल्ने, मिनि संसदमा छाया सभापति बनाउने र छाया सरकारको महिनैपिच्छे बैठक गर्ने निर्णय गरेको संग्रौलाले जानकारी दिइन्। उनका अनुसार बैठकमा छाया मन्त्री र सांसदहरुले सुझाव र परामर्शका लागि विज्ञहरुको माग गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!