नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा नरेश खपाङ्गी मगर पुन: निर्वाचित भएका छन् ।
पत्रकार महासंघ बेलायत शाखाको शनिबार अल्डरसटमा सम्पन्न चौथो अधिवेशनबाट खपाङ्गी मगर दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले एक अध्यक्ष, दुई वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र तीन सचिव लगायतका पदाधिकारीहरु सर्वसम्मत कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुईंटेल, उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुञ्जा र बिमला सेने, महासचिवमा सञ्जय कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवमा शिव भण्डारी, पूर्ण गुरुङ, जगन कार्की, कोषाध्यक्षमा सिद्धार्थ विक्रम क्षेत्री र सहकोषाध्यक्षमा रोशन राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बोमबहादुर थापा, नगेन्द्रराज नेम्बाङ, नरेश काङमाङ, सुरेन्द्र इङनाम, तीर्थ बहादुर मल्ल (अनिल), गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वासदीप तिगेला, जीवन सेन, खुसी लिम्बू र खेमराज रानाभाट चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीहरुले शनिबार नै शपथ लिएका छन् ।
नेपाली दूतावासका उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलगायतको उपस्थिति रहेको थियो ।








तस्बिर : मिलन तमु






