कोरियामा कोरोना भाइरस फैलिएपछि नेपालबाट कामदार पठाउन रोकियो

SHARE:

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ । परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार नपठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको र परिस्थिति सामान्य भएपछि पठाइने बताएको छ।

मन्त्रालयले सरोकारवालासँग छलफल गरी तत्कालका लागि कामदार नपठाउने जनाएको हो। ईपीएस कोरिया शाखा र कोरियाको रोजगारदाता कम्पनीले समेत केही दिनअघिदेखि करार सम्झौता भइसकेका कामदारको टिकटको समय सार्दै आएका थिए। कोरियाको थेगु सहरमा कोरोना भाइरस भेटिएपछि नेपालले कामदार पठाउन रोकेको हो।

चीनभन्दा कोरियामा कोरोनाको असर तीव्रगतिमा फैलिएका कारण त्रास बढेको छ। फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ईपीएस कोरिया शाखाका अनुसार एक हजार दुई सय नौ जनाको कन्ट्रयाक्ट आइसकेको छ। यो सिजनमा धेरै नेपाली कोरिया जाने गर्छन्। कोरोना भाइरसको सक्रमण देखिएसँगै चीन, जापान र थाइल्यान्डबाटसमेत कोरिया प्रवेश गर्न रोक लगाइसकेका छन्।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गएका ४० हजार कामदार र अध्ययन गर्न गएका विद्यार्थी गरी ५० हजार नेपाली कोरियामा कार्यरत छन्। कोरियामा आप्रवासी कामदारको संख्या २५ लाख रहेको बताइन्छ।

मंगलबारसम्म दक्षिण कोरियामा कोरोनाबाट संक्रमित संख्या ८ सय ३३ पुगेको छ। सात जनाको मृत्यु भइसकेको छ। अवस्था हेरी केही दिनमै आपतकाल घोषणा गर्ने कोरिया सरकारको तयारी रहेको सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म कुनै मुलुकले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छैनन्।

कोरिया सरकारले शनिबार नै सबै देशका दूतावासमा पत्राचार गरी आशंका लागेका व्यक्तिलाई स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको थियो। नेपाली राजदूतावासले आइताबार सूचना जारी गर्दै कोरोनाबाट बच्न सतकर्ता अपनाउन आग्रह गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!