काठमाडौं । अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ ।

शुक्रबार दिल्ली सरकारले कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको हो । दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयाकुमारसहित अरु आरोपीमाथि मुद्दा चल्ने निश्चित भएको छ । केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो । तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित ७ जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ ।
सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।






