सामाजिक अभियन्ता पौडेललाई ट्रीपल ए अवार्ड

SHARE:

सुधा गुरुङ
काठमाडौं । मर्यादित महिनावारी अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेल अन्तर्राष्ट्रियस्तरको अर्को विशिष्ट अवार्ड ट्रीपल ए (एल्मुनाई अचिभमेन्ट अवार्ड) पाउन सफल भएकी छन् । उनलाई फिलिपिन्सको एआईएम (एशियन ईन्स्टिच्यूट अफ म्यानेजमेन्ट) ले सो अवार्ड प्रदान गरेको हो ।


एआईएमले त्यहाँ अध्ययन गरेका विद्यार्थीहरुमध्ये कुनै पनि क्षेत्रमा विशिष्ट काम गरिरहेकालाई सो अवार्ड हरेक वर्ष प्रदान गर्दै आएको छ । पौडेलले लामो समयदेखि महिनावारीका कारण गरिने विभेदविरुद्ध नेपाल लगायत विश्वव्यापी रुपमै अभियान चलाउँदै अन्तर्राष्ट्रियस्तरमै सो को नेतृत्व गर्दै आएकी छन् । उनको सोही कार्यलाई एआईएमले अन्तराष्ट्रियस्तरमै मान्यता दिई सो पुरस्कार प्रदान गरेको हो ।

सन् १९६८ मा स्थापना भएको एआईएमबाट हालसम्म अध्ययन पूरा गरिसकेका ४५ हजार विद्यार्थीहरुमध्येबाट छानिएका ७ जनामा पौडेल परेकोसो ईन्स्टिच्यूटको वेबसाइटमा उल्लेख छ । हालसम्म मल्टिनेसनल कम्पनीमा काम गर्ने पूर्वविद्यार्थीहरुलाई प्रदान गरिँदै आएको ट्रीपल ए अवार्ड यो पटक पहिलोपल्ट सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रदान गरिएको कुरा पौडेलले बताइन् । उनी सो पुरस्कार पाउने पहिलो नेपाली हुन् । पौडेलले एआईएमबाट सन् २०१० मा स्नातकोत्तर गरेकी हुन् ।

यसअघि सन् २०१२ मा विश्व शान्ति स्थापनामा योगदान पुर्‍याएबापत उनलाई यूएनडीपीको अन्तर्राष्ट्रिय एनपिस अवार्ड, यूनिभर्सिटी अफ स्यान डियागोको वूमेन पिसमेकर अवार्ड २०१२, नेपाल सरकारको यूथ ट्यालेन्ट अवार्ड २०१४ प्रदान गरेको छ ।

उनको २०१४ को मदन पुरस्कार विजयी पुस्तक खलंगामा हमला अंग्रेजी साथै जर्मन भाषामा पनि प्रकाशित भइसकेको छ । सो का अलावा उनका प्रकाशित अन्य कृतिहरुमा शान्तिका पाइलाहरु ( कवितासंग्रह), मर्यादित महिनावारी सबैको जिम्मेवारी (हाते पुस्तक) र नितान्त महिनावारीसम्बन्धी अपवित्र रगत प्रकाशित भइसकेका छन् । उनको खलंगामा हमला र अपवित्र रगत विभिन्न स्कुल र कलेजको रिडिङ्ग लिस्टमा राखिएका छन् ।
अपवित्र रगत नितान्त महिनावारीकै बारेमा लेखिएको र निम्न माध्यमिकदेखि स्नातकोत्तर तहसम्म महिनावारीबारे रिसर्च गर्न मिल्ने एकमात्रै पहिलो पुस्तक हो ।

राधा पौडेल हाल आगामी जेठ १३–१५ (२६–२८मे २०२०) नेपालमा मात्रै नभई विश्वमै पहिलो बृहत् अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी (GLOBAL SOUTh\ COALITIOn\ FOr\ DIGNIFIEd\ MENQm\RUATIOn\) को तयारीमा व्यस्त रहेको कुरा उनले बताइन् । सो गोष्ठी नेपाल सरकारको सहकार्यमा राधा पौडेल फाउन्डेशनले आयोजना गर्दैछ । नेपाल लगायत विश्वका विभिन्न देशका प्रतिनिधिहरु सो गोष्ठीमा सहभागी हुनेछन् ।

‘महिनावारी बार्नु वा बार्न लगाउनु नै महिला हिंसा एवम् मानव अधिकारको हनन र बलात्कारको प्रमुख कारण पनि हो, महिलाले महिनावारीका बेला मर्यादित भएर जिउन पाउनु उनको नैसर्गिक अधिकार हो,’ राधा भन्छिन् । राधाकै अथक् पहल र प्रयासमा हाल नेपाल सरकारले महिनावारीका बेला विभेद गर्नु वा गराउनेलाई कानुनी सजायको व्यवस्था पनि गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!