बाँसुरी साँझ अमरसँग

SHARE:

सेमन्त राई
 म साहित्यमा पहिलादेखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा बेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भएसम्म सम्मिलित हुने गर्दछु । यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन ‘सिर्जनाको घेराभित्र सरुभक्त’ कार्यक्रममा एक जना चीरपरिचित नाम तर प्रत्यक्ष भेटघाट नभएको व्यक्तिसँग नजिकबाट चिनाजानी हुने ठूलो सौभाग्य मिल्यो । ‘सुधा गुरुङ’ बि.एफ.बी.एस. हङकङमा ‘पूmलबारी’ कार्यक्रम चलाउनु हुँदा केवल रेडियोभित्र मात्र उहाँसँग भेट भएको हो । किशोर गुरुङ, सुबास प्रधान, उमा लिम्बु र सुधा दिज्युको आवाज हङकङमा रेडियो सुन्नेहरुको कानमा आज पनि उस्तै गरी पाश्र्वमा गुन्जिरहन्छ । उक्त दिनदेखि सामाजिक सञ्जालमा दिदीसँग नजिक हुने मौका मिल्यो । मेरो लेख्ने र बाँसुरी बजाउने सिकारु क्रमलाई समानान्तर रुपले अगाडि बढाउँदै लाँदा गत जनवरी ४, सन् २०२० का दिन नेपाली दूतावास लन्डनमा भएको ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रमको बारेमा लेखेको मेरो एउटा लेख एभरेस्ट टाइम्समा प्रकाशित भएको थियो । त्यो दिनको बाँसुरी बादन अनुभवलाई समेटेर लेखेको लेख पढेर मलाई माया गरेर मीठो प्रतिक्रिया पनि दिनुभएको थियो । आफ्नो महत्वपूर्ण समय खर्चेर म जस्तो भर्खरै लेख्ने रहर बढेको तर गुणस्तर नपुगेको काँचो खुराक पनि मीठो मानेर ग्रहण गर्नुभएकोमा दिदीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

त्यसैको नतिजास्वरुप गत १५ फेब्रुअरी, सन् २०२० का दिन एउटा पोस्टरसँगै सुरेश वाड्कर र साधना सरगमको भिडियोसहित एक बलिउडका प्रशिद्ध बाँसुरी बादक अमर (ओक) बन्सीको एकल बाँसुरी बादन कार्यक्रमको जानकारी मेसेन्जरमा दिदीले पठाइदिनुभयो । हेरें एकछिन तर मलाई त्यत्ति धेरै भारतीय बाँसुरी बादकहरुको बारेमा जानकारी नभएकाले दिदीलाई म पछि खबर गर्छु भनें । हुन त मैले बाँसुरी बजाएको कति नै पो भएको छ र धेरै कुरा जान्नु ! उक्त कार्यक्रम बेजिङ्गस्टोक मल्टिकल्चरल फोरमले आयोजना गरेको जानकारी दिदीबाट प्राप्त भयो । यदि समय मिल्यो भने टिकटको लागि खबर गर्नु होला पनि भन्नुभयो । मेरो लागि यो मौका भयो । यस्तो एकल बाँसुरी बादनको कार्यक्रम जीवनमा पहिला हेर्ने मौका नमिलेकोले कतै यो नै प्रथम सौभाग्य हो कि जस्तो लाग्यो । मैले तुरुन्त हाम्रो बाँसुरी समूह यूकेमा उक्त जानकारी गराएँ, केही समय समूह चकमन्न भयो र सोचें कसैले चासो पो नराखेको हो कि ! केही दिनपछि भरतजीले पहिलो प्रतिक्रिया दिनुभयो, अनि खडकजीले बहिनीसहित जाने निश्चय गर्नुभयो । अन्तमा म लगायत खडक छेत्री, सुजन छेत्री, लोक थापा, दीपक राई, सुरेन्द्र इङ्गनाम, श्री थापा र भरत लोहोरुंग गरी हामी जम्मा ८ जना बाँसुरी समूह यूकेको उपस्थिति रहने कुरा दिज्युलाई खबर गरेँ । हामी सबै प्रथम पटक बाँसुरी बादनको प्रत्यक्ष कार्यक्रममा सहभागी हुने भएकाले अत्यन्तै उत्साहित थियौं ।

२३ फेब्रुअरी, सन् २०२० का दिन बेजिङ्गस्टोकको अल्डवर्थ स्कुलमा कार्यक्रम हुने जानकारी पोस्टरमा नै थियो । त्यसैले झन्डै दिनको २ बजेतिर मेड्स्टोनबाट भाइ सुरेन्द्र र म बाटो लाग्यौं । विभिन्न दिशामा छरिएर बसेका समूहका साथीहरुको साझा इच्छा बाँसुरीमा भएकाले न त कामले छेक्यो, न त लामो बाटोले नै । सबै जना निर्धारित समयमा जम्मा भयौं र सुधा दिदीले स्थानीय व्यक्तिहरुसँग हामीलाई परिचय गराउनु भयो । कार्यक्रम अपरान्ह ४ बजेदेखि सुरु भई ७ बजे समाप्त हुने भएको थियो । दिदीले हाम्रो लागि बस्ने सिटसमेत रिजर्भ गरिदिनुभएको रहेछ । कसो दिदीले खादा र मालाको बन्दोबस्त पनि हाम्रो लागि गर्नुभएको । केही जलपान र भलाकुसारीपश्चात् कार्यक्रमको हलभित्र छि¥यौं । हामी हलमा पुग्दा मञ्चमा अमर बन्सी र उनका तबला (विनायक नेट्के), ड्रम (अभिजित भादे) र कीबोर्ड (सत्यजित प्रभु) बादकहरु हामीलाई मनोरञ्जन दिलाउन शालिनताका साथ तम्तयार थिए ।
नेपाली समयमा चल्ने बानी परेका प्रायः एक डेढ घण्टा ढिलो मात्र कार्यक्रम सुरु हुने चलनमा हुर्केको म । दिइएको समयमा सबैको उपस्थिति र निर्धारित समयमा कार्यक्रम सञ्चालन हुँदा समय कत्ति पनि खेर गएको थिएन । बेजिङ्गस्टोका मेयर डिन काउन्सिलर डायन टेलरको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा डेपुटी मेयर काउन्सिलर ओन्नाली कबिटको पनि उपस्थिति रहेको थियो । आसन ग्रहण र खादाले स्वागत गर्ने परिपाटीमा हुर्केको म खै कताकता नमिलेको जस्तो भयो । त्यहाँ न आसन ग्रहण थियो, न खादा लगाई स्वागत, न त दुई शब्दको एकघण्टे बोरिङ्ग वक्तव्य नै । जुन उद्देश्यले कार्यक्रम तय गरिएको थियो, विनाबिलम्ब कार्यक्रम सञ्चालन भएको थियो । मनमा पुकारी रहें हे भगवान नेपालीले कहिले यसरी कार्यक्रम चलाउने होला ? हामीलाई पनि यसरी समयको सदुपयोग गर्न सिकाइदेउ प्रभु ! मञ्चमा एक युवा र १४ वर्षकी किशोरी आएर सबैलाई स्वागत गर्दै कार्यक्रम सञ्चालन गर्न तम्सिएका थिए । एक समाजका अगुवा व्यक्तिले उक्त किशोरीलाई कार्यक्रम सञ्चालनमा सिकारु भएकाले प्रोत्साहन दिन अनुरोध गरे । यसरी युवावर्गलाई उत्साह दिएर उनीहरुको सम्भाव्यतालाई हौसला दिने हेतुले कार्यक्रम सञ्चालन गर्ने जिम्मा एक किशोरकिशोरीलाई दिएको कुरा मलाई ज्यादै उदाहरणीय लाग्यो ।

झन्डै ३ सय जनाको उपस्थिति रहेको कार्यक्रम दुई चरणमा विभाजित थियो । कलाकारहरुले आफ्नो बजाउने तालिकाबाहेक श्रोताहरुको फर्माईसका विभिन्न धुनहरु पनि बजाएका थिए । कार्यक्रमको मध्यान्तरमा खानपिनको ब्रेक भएको थियो । सोही मौकामा सुधा दिज्युको पहलमा कलाकारहरुसँग नेपाली बाँसुरी समूहको सामूहिक तस्बिरसमेत लिन सफल भयौं । उनीहरुले नेपाली बाँसुरी समूहको लागि ‘नाच्यो मैच्याङ्ग’ एक धुन पनि हामीलाई डेडिकेट गरेर बजाइदिएका थिए । त्यसपछि लगातार फर्माईसका धुनहरु सँगै विभिन्न दशकका कालजयी धुनहरु सुनेर हाम्रो कानलाई पवित्र बनाइरह्यौं । कहिले लक्ष्मीकान्त प्यारेलाल, कहिले आरडि बर्मन, कहिले ए आर रहमानका सदावहार धुनहरु सुनेर ३ घण्टा बितेको पत्तै भएन । उनीहरुले केही अंग्रेजी गीतको धुन पनि बजाएर अंग्रेजीमुलका श्रोताहरुलाई पनि सम्मान गरेका थिए । हामी सबैलाई अमर बन्सीको बाँसुरी धुनले मन्त्रमुग्ध बनाएको थियो। यो बाहिरी संसार भुलेर सायद बाँसुरीको धुनसंगै बिलिन भई रह्यौं । अमर बन्सी पछिल्लो समयका एक भर्सटायल भारतीय बाँसुरी बादक रहेछन् । उनको समूहले भारत लगायत न्यूजीन्यान्ड, अस्ट्रेलिया, जाकार्ता, बेलायत र अन्य थुप्रै देशहरुमा कार्यक्रम गरिसकेका रहेछन् । जुनसुकै प्रकारका गीतमा उनको बाँसुरी बजाउन सक्ने कलाले गर्दा पछिल्लो समयमा बलिउड प्रायःसबै कम्पोजरहरुमाझ उनी प्रशिद्ध रहेछन् । क्रमश:

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!