एसइई परीक्षा तोकिएकै समयमा

SHARE:

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को यथावत् रुपमा सञ्चालन हुने स्पष्ट गरेको छ । सो परीक्षा सारिएको भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार जारी विज्ञप्तिमा कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिइएको भए पनि एसइई परीक्षा यथावत् रहने जनाएका हुन् ।

उनले परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता सूचनाका भ्रममा नपर्न आग्रह गर्दै परिस्थितिको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा थप निर्णय भएमा आधिकारिक रुपमा जानकारी दिइने जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!