प्रधानमन्त्री ओली हिँडडुल गर्न थाले, चीनका राष्ट्रपतिद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

SHARE:

काठमाडौं । चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ । प्रधानमन्त्रीको ‘भाइटल’ तथा प्रयोगशाला परीक्षणको परिणाम सामान्य रहेका उनले जानकारी दिए ।

प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्यावस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ । उनको पनि स्वास्थ्यसम्बन्धी अत्यावश्यक स्थिति प्रयोगशाला परीक्षणका सूचक सामान्य छन् । दातृ सङ्ग्रौलाले पनि साधारण खाना खानाका साथै हिँड्डुल गर्न थालिसकेका कार्यकारी निर्देशक खड्गाले जानकारी दिए ।

चीनका राष्ट्रपतिद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना

चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर हालै उनले मिर्गौला प्रत्यारोपण गर्नुभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सीले सन्देशमा दुई देश तथा चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप विस्तार गर्दै त्यसलाई गतिशील बनाउन तथा दुई देशका जनताको हितका खातिर द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!