काठमाडौं । माइती नेपालले होमस्टे सञ्चालनबाट आयआर्जन गरी गाउँको विकासमा योगदान पुर्याइरहेका कास्की लवाङकी डम्बरकुमारी गुरुङसहित ६ जनालाई सम्मान गरेको छ ।
११० औं अन्तर्रास्ट्रिय नारी दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कास्कीकी डम्बरकुमारी गुरुङ, लमजुङका सीता गुरुङ, तिलमाया गुरुङ, कास्की घान्द्रुककी दिलमाया गुरुङ, स्याङ्जाकी चन्द्रावती गुरुङ र पार्वती गुरुङलाई सम्मानित भएका हुन् । उनीहरुलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, लेखक कर्ण शाक्यले कदर पत्र र प्रतिव्यक्ति १० हजार रुपैयाँ प्रदान गरेका थिए । यस अघि पनि उनी राष्ट्रिय सरक्षण कोषको सरक्षण पुरस्कार बाट पनि साम्मनित भई सकेका छिन् सम्मानित हुने डम्बरकुमारी एभरेस्ट टाइम्स यूकेका अनलाइन प्रमुख सविन्द्रकुमार गुरुङ (एसके) की आमा हुन् ।

आइतबार सम्मान हुनेमध्येका ७ जनाले २०६७ सालमा कास्कीको माछापुच्छ्रे ८ लवाङमा होमस्टे सुरु गरेका थिए । उनीहरुले गाउँमा आउने पाहुनाबाट लिने रकममध्ये लवाङ सामुदायिक होमस्टे समूह नै बनाएर विकास निर्माण र स्वास्थ्य चौकी स्थापनामा सहयोग गर्दै आएका छन् ।
६५ वर्षीय डम्बरकुमारीले होमस्टेमा आउने पाहुनाबाट केही सहयोग लिएर गाउँको विकासमा लगाउँदै आएको बताइन् । उनका अनुसार एक पाहुनाबाट एकदिन बराबर लिइने १ हजार ७५ रुपैयाँमध्ये २५ रुपैयाँ हेल्थपोस्टलाई, २५ रुपैयाँ विकास निर्माण र २० रुपैयाँ पाहुनालाई व्यवस्थापन मिलाइदिने कर्मचारीलाई सबै होमस्टे सञ्चालकले छुट्याउने गर्छ । कर्मचारीले पाहुनाको रेकर्ड राख्ने, हरेक होम स्टे सञ्चचालककहाँ पालोपिलो बसाउने लगायत काम गर्छन् ।







