स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने

SHARE:

काठमाडौं । सरकारले थप तीन देशका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने भएको छ ।

अब स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिइने अध्यागमन कार्यालयले जनाएको छ । सरकारले अघिल्लो साता मात्र कोरोना भाइरसको संक्रमण बढी देखिएका पाँच देश चीन, इरान, दक्षिण कोरिया, जापान र इटलीका नागरिकलाई ‘अन–अराइभल’ भिसा नदिने निर्णय गरेको थियो ।

अब ८ देशका नागरिकहरु स्थलमार्गबाट नेपाल आउन पाउने छैनन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा सम्बन्धित देशमा रहेका नेपाली दूताबास वा नियोगमा स्वस्थ रहेको प्रमाणपत्र बुझाएर भिसा लगाउनुपर्छ ।

यसअघि विश्वका १३ देशबाहेक अरु सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा अन्य सीमा नाकामा ंअन–अराइभल’ भिसा दिने गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!