पोखरा । तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आज फाल्गुन २६ गते फ-लि-ना क्होइबो शक्तिघाट, रानीपौवामा अन्तरसमाज सामुहिक तथा एकल मे त्हलें प्रतियोगिता सम्पन्न भएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रिय समितिका अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा र जिल्ला समिति कास्कीका अध्यक्ष ओम प्हच्यु तमुको अध्यक्षतामा शुरु भएको सो खेललाई पच्यु चिबा कुल प्रसाद क्रोम्छें तमुद्वारा धनुषबाणलाई विधिवत पूजापाठ गरी खेल सञ्चालन गरेको हो ।
सामुहिकतर्फ जम्मा ८ वटा टिमबाट ५/५ जना खेलाडीहरुले प्रतियोगीतामा भाग लिएका थिए भने एकलतर्फ जम्मा १२ जना खेलाडीहरु प्रतिस्पर्धामा उत्रेका थिए ।
भब्य र सभ्य रुपमा सम्पन्न मे त्हलें प्रतियोगितामा सामुहिकतर्फ प्रथम स्थानमा शान्त तमु समाज, पोखरा-१९ गैरिखोर, द्दितिय स्थानमा तमु हे तमु समाज, पोखरा १५ नागबेलीमार्ग, तृतीय स्थानमा स्याङ्जाली तमु समाज, पोखरा-२६ बुढीबजार र सान्त्वनामा क्होला दीप तमु समाज, पोखरा-१६ उपल्लो दीपले प्राप्त गरेका छन ।
मे त्हलें खेल सकिए लगत्तै वीरमाया/क्रीस्यम स्मृति अक्षयकोषबाट +२ उतिर्ण तमु विधार्थी बाबू-नानीहरुलाई पनि सम्मान प्रदान गरेका थिए । यसरी सम्पन्न मे त्हलें प्रतियोगिता तथा विधार्थी सम्मान कार्यक्रमका संयोजक निम प्हच्यु तमु रहेका थिए भने खेलका प्रशिक्षक एवं एम्पाएर अन्तरास्ट्रिय आर्चरी प्रशिक्षक अमृत तमु रहेका थिए । कार्यक्रमलाई औपचारिक सञ्चालन समितिका सचिव बिष्णु भुज्जा (प्हच्यु) तमुले गरेकी थिइन ।






