लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले कोरोना भाइरसको संक्रमणबाट नेपाली समुदायलाई जोगाउन स्वयंसेवी अभियान सुरु गर्ने भएको छ ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले पहलकदमी लिंदै स्वयंसेवी अभियान अघि बढाएकी हुन् । एनआरएनए यूके कार्यसमिति सदस्य डाक्टर सुनिल शाहलाई स्वयंसेवी अभियान समन्वय गर्न जिम्मा दिइएको अध्यक्ष गुरुङले बताइन् । डाक्टर सुनिल शाहले डाक्टर तथा नर्सहरु सम्मिलित टोलीसहित टिमको घोषणाका लागि अध्यक्ष गुरुङ्गसँग सल्लाह गरेर एक दुई दिनमा टुंगो लगाउने छन् ।
त्यसबाहेक पनि एनआरएनए यूके सम्पूर्ण कार्यसमितिलाई परिचालन गर्ने योजना गुरुङको छ । उनका अनुसार स्वास्थ्यकर्मी बाहेक सामाजिक अभियन्ताहरुलाई पनि समेट्दै यो स्वयंसेवी अभियानमा बेलायतवासी नेपालीलाई एकीकृत गराइनेछ ।
“हामीवीचका मतमतान्तर वा विवाद केही छन् भने भोलि छलफल गरौंला”, उनले भनिन्, “तर कोरोना जस्तो माहामारीबाट हरेक नेपालीलाई जोगाउन लाग्नु हाम्रो प्रमुख कर्तव्य हो । यस कार्यमा कार्यसमितिका सबै साथीहरु र एनआरएनए अभियन्ताहरुलाई म सहयोगका लागि आव्हान गर्छु ।
यसैबीच एनआरएनए वेल्स राज्यसमितिले वेल्समा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीबाट पर्नसक्ने समस्यामा सहयोग गर्न समिति गठन गरेको छ । राज्यसमितिका अध्यक्ष कृष्ण भण्डारीले एक अपील जारी गर्दै कोरोनाको संक्रमणबाट जोगिन सबै वेल्सबासी नेपालीलाई आह्वान गरेको छ ।
वेल्समा बसोबासरत नेपालीलाई कुनै समस्या परेमा निम्न व्यक्तिहरुलाई निम्न सम्पर्क नम्बरमा सम्पर्क गर्न भण्डारीले अनुरोध गरेका छन् ।
कृष्ण प्रसाद भण्डारी 07850534404
अमृत घले 07775292158
प्रकाश कंडेल 07886794605
संजीभ मैनाली 07412276806
विभूषणमान श्रेष्ठ 07446776401
शोभा राणा पोखरेल 07505571018
खिम छेत्री 07767393573
बलराम अधिकारी 07402762358
रामेश्वोर देवकोटा 07846842093
जिबन केसी 07908332843
मेमराज न्यौपाने 07908031157
दिपक सुब्बा 07429082134
बद्रि योंग्या 07809468010
मे.रि. खुसीमान गुरुङ एमभीओ 07980866001
निरलाल मोक्तान 07533556790
इन्द्र प्रसाद गुरुङ 07727062119
मति प्रसाद पुन 07828083957
बाबुराम न्यौपाने 07947219010
राम चन्द्र पोखरेल 07411357621
(यो समाचार सामग्री कोरोना भाइरस संक्रमणबारे बेलायतस्थित नेपाली समुदायलाई सचेत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा तयार पारिएको हो । )






