निगमको वाई १२ जहाज धावनमार्गमा चिप्लियो

SHARE:

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज शनिबार धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उनले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!