सांसद हितबहादुर तामाङको आग्रह, ‘आफ्नो र परिवारको जीवनका निम्ति गम्भीर बन्‍नु’

SHARE:

नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले कोरोना भाइरस (कोभिड १९) सबैको साझा शत्रूको रुपमा रहेको भन्दै आफ्नो र परिवारको जीवन र भविष्य सुनिश्चितताका निम्ति गम्भीर रुपले सोच्न आग्रह गरेका छन् ।

कोभिड १९ विश्वभर महामारीको रुपमा फैलिरहेको सन्दर्भमा सचेतनामूलक विज्ञप्ति निकाल्दै सांसद तामाङले भाइरस संक्रमणबाट सचेत रहन सबै पक्षलाई अनुरोध गरेका हुन् । ‘सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछु र आफ्नो र परिवारको जीवन र भविष्य सुनिश्चितताको निम्ति गम्भीर रुपले सोच्न आग्रह गर्दछु,’ पूर्वमन्त्री रहेका तामाङको विज्ञप्तिमा छ, ‘विदेशबाट आउनेहरुको निमित्त यदि बस्ने बास (सेल्फ क्वारेन्टाइन) को समस्या छ भने सम्बन्धित गाउँपालिकाको सम्पर्कमा गई क्‍वारेन्टाइनमा सुरक्षित तवरले बस्नसमेत अनुरोध गर्छु ।’

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले अहिलेको दुखद् घडीमा निष्पक्ष र एकताबद्ध ढंगले कोरोना रोकथाममा जुट्न आग्रहसमेत गरेका छन् । ‘यो कोभिड १९ हामी सबैको साझा शत्रुको रुपमा प्रकट भएको छ । यस दुखद् घडीमा जिल्ला एवम् स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलहरु निष्पक्ष रुपले र एकताबद्ध ढगंले यो संक्रामक रोगको रोकथाम तथा नियन्त्रणको कार्यक्रममा जुट्न आग्रह गर्दछु ।’

नेकपाका नेता तामाङले नुवाकोट जिल्लावासी र निर्वाचन क्षेत्रका आमजनसमुदायलाई चिकित्सकको सल्लाहअनुसार भीडभाडमा नजान, भीड नबनाउन एवम् साबुन पानीले हात धुन, गुणस्तरीय स्यानीटाइजर प्रयोग गर्न तथा आफू र आफ्नो समाज, आफन्त र परिवारको भविष्यप्रति गम्भीर भई अनुशासित जीवन बिताउन आग्रह गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ

आदर्णिय जनसमुदाय । आज विश्वलाई नै चुनौती दिने र सिङ्गो मानव समुदायलाई नै आतङ्कित तुल्याउने गरि नोवल कोरोना भाइरस कोभिड – १९ तिब्र गतिले फैलिरहेको कुराको स्मरण गर्न चाहन्छु ।
सर्वप्रथम यो संक्रामक रोगबाट मृत्यु वरण गर्नुहुने मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र तीनका शोक सम्तब्त

परिवारलाई गहिरो समवेदना व्यक्त गर्दछु । साथै उपचाररत बिमारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
कोभिड १९ को संक्रमणको दृष्टीले विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखमयुक्त मुलुकमा राखेको सन्दर्भमा यसको गम्भीरता स्वतसिद्ध महसुस हुन्छ । यसलाई मध्यनजर राखि संघीय सरकार ,प्रादेशिक सरकाहरु, स्थानीय सरकाहरु, स्वास्थ्य सस्थाहरु र सुरक्षा निकाय यस रोगको संक्रमणको रोगथाम र न्युनिकरणको लागि विविध उपायका साथ जोडतोडपूर्ण रुपले लागिपरेको कुरा पनि जगजाहेर नै छ ।

तर यो अवस्था कतिञ्जेल रहेने हो ? कुनै अन्दाज लगाउन सकिने स्थिति देखिदैन । यो प्रक्रिया अझ लम्बिएर गएको अवस्थामा आम जनसमुदायको औषधि उपचार र विशेषत श्रमजीवी जनसमुदायको जीविकोपार्जन र जीवन रक्षाको सवालमा समेत नयाँ ढंगले एकीकृत रुपले सरकारले नै सोच्नुपर्ने विषयमा सम्बन्धित सबैको बेलैमा ध्यानाकर्षण गराउन चाहन्छु ।

आजको यो दिन सम्म आइपुग्दा नेपालमा संक्रमित हुनेको संख्या ४ जना मात्र पुगेको छ । यो स्थितिलाई सामान्य नै मान्नुपर्दछ । शहरी क्षेत्रका जनता सरकारले घोषणा गरेको लकडाउनको समर्थनमा उत्साहपूर्ण रुपले सहभागी भैरहेका छन् र अरुलाई पनि संयमित तथा अनुशासित बन्न आह्वान गरिरहेका छन् यो ज्यादै सकारात्मक पक्ष हो । तर शहरबाट आफ्नो घर गाउँमा जानेहरु त्यस मध्य पनि मूल रुपमा विदेशबाट फर्कनेहरुले भाइरस संक्रमणबाट बच्न गाउँका सोझा सिधा जनसमुदायलाई यश काहाली लाग्दो रोग फैलनबाट जोगाउन अनुशासित जीवनको महत्त्व बारे शिक्षा दिने भन्दा पनि भेटघाट गर्ने भिडभाडलाई बढाउने गरिरहेको र त्यस प्रकारका कृयाकलापले शहर भन्दा गाउँमा बढी भाइरस संक्रमणको जोखिम बढेको भन्ने खबरहरु आउन थालेका छन् । यो ज्यादै चिन्ताको बिषय हो ।

यदि त्यो स्थिति हो भने त्यसो नगर्न सम्बन्धीत सबै पक्षलाई अनुरोध गर्दछु र आफ्नो र परिवारको जीवन र भविष्य सुनिश्चितताको निम्ति गम्भीर रुपले सोच्न आग्रह गर्दछु । विदेशबाट आउनेहरुको निमित्त यदि बस्ने वास (सेल्फ क्वारेनटाइन) को समस्या छ भने सम्बन्धित गाउँपालिकाको सम्पर्कमा गई क्वारेन्टाइनमा सुरक्षित तवरले बस्न समेत अनुरोध गर्छु ।

मैले जानकारी पाए अनुसार संभावित संकटमोचन गर्ने उदेश्यले जिल्लाका सबै नगर पालिका र गाउँ पालिकाहरुले क्वारेन्टाइन तयार गरेको,त्यसलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद एवम् संकलन गरेको, जिल्ला स्थित बिपत व्यवस्थापन समितिले पनि आवश्यक तयारी गरेको, जिल्ला जनस्वास्थ्य कार्यालयले संक्रमित व्यक्ति पहिचान भै आएको स्थितिमा रोकथाम र उपचारको निम्ति आवश्यक औषधि तथा यन्त्रहरु समेतको व्यवस्था गरी आइसोलेशन वार्डहरुको तयारी गरिसकेको र जिल्ला स्थित सुरक्षा निकायहरु, जनस्वास्थ्य संग सम्बन्धित सबै कार्यालयहरु एवम् स्वयंसेवी कार्यालयहरु हुन सक्ने संक्रमण र क्षेतिलाई रोक्न आवश्यक सतर्कता साथ रहिरहेको तथा आम सञ्चारकर्मीहरु जनसचेतनामुलक कार्यक्रम र समाचारहरु प्रसारणको निम्ति क्रियासिल भइरहेको बुझेको छु ।

अन्तमा यो कोभिड १९ हामी सबैको साझा शत्रुको रुपमा प्रकट भएको छ । यस दुखत घडिमा जिल्ला एवम् स्थानिय स्तरमा क्रियाशिल राजनीतिक दलहरु निस्पक्ष रुपले र एकताबद्ध ढगंले यो संक्रामक रोगको रोकथाम तथा नियन्त्रणको कार्यक्रममा जुट्न आग्रह गर्दछु ।

नुवाकोट जिल्ला वासी र मेरा निर्वाचन क्षेत्रका आम जनसमुदायलाई यो अनुरोध गर्न चाहन्छु कि विश्व व्यापी संकटको यश दुखत् घडीमा भिडभाडमा नजान, भिड नबनाउन एवम् सावुन पानीले हात धुन, गुणस्तरीय स्यानेटाईजरको प्रयोग गर्न तथा आफु र आफ्नो समाज, आफन्त र परिवारको भविष्य प्रति गम्भीर भै अनुशासित जीवन बिताउन आग्रह गर्दछु ।

हितबहादुर तामाङ
संघिय सांसद तथा
प्रतिनिधि सभा सदस्य
नुवाकोट १ ,।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!