कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५३ हजारभन्दा माथि, बेलायतमा २ हजार ९२६ को गयो ज्यान

SHARE:

लन्डन । प्राणघातक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ । शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार ५३ हजार ३० जनाको संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै संक्रमितको संख्या पनि १० लाखभन्दा बढी पुगेको छ। विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन् । उत्तर कोरियाले भने आफ्नो मुलुकमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ।

शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन्।

त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ । स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ।

बेलायत
पछिल्लो तथ्यांकअनुसार संयुक्त अधिराज्य बेलायतमा झन्डै ३ हजारको मृत्यु र ३४ हजारभन्दा बढी संक्रमित भएका छन् । वल्डोमिटरकाले गरेको अपडेट अनुसार बेलायतमा २ हजार ९२६ को मृत्यु र ३४ हजार १७३ संक्रमित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!