लन्डन । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९ ) बाट बेलायतमा मृत्युदर दैनिक बढिरहेको छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै बेलायतमा ७ सय ८ जनाको मृत्यु भएको छ ।
वल्डोमिटर्सइन्फोका अनुसार बेलायतमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ३१३ जनाको ज्यान गएको छ । ४१ हजार ९०३ जना संक्रमित छन् । संक्रमितमध्ये १३५ जना निको भएका छन् । मृतकमध्ये दुई जना नेपाली रहेको पुष्टि भइसकेको छ ।

कोरोनाबाट विश्वभर अहिलेसम्म ६२ हजार ७३० जनाले ज्यान गुमाइसकेका छन् भने ११ लाख ६९ हजार २८७ जना संक्रमित पुगेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण इटाली, स्पेन र पछिल्लो अवस्थामा अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ८ हजार १३७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ९९ हजार ९९२ जना संक्रमित छन् ।
त्यस्तै इटालीमा १५ हजार ३ सय ६२ जनाको मृत्यु भएको छ भने १ लाख २४ हजार ६३२ जनालाई संक्रमण भएको छ । स्पेनमा ११ हजार ७४४ को मृत्यु भइसक्दा संक्रमितको संख्या इटालीलाई उछिन्दै १ लाख २४ हजार ७३६ पुगेको छ । यस्तै जर्मनी, चीन, फ्रान्स, इरान लगायत देशमा पनि कोरोनाको प्रभाव अलि बढी परेको छ ।
कुन देशमा कति मरे ?







