
एटा संवाददाता ।
लण्डन । कोरोना भाइरस कोभिड–१९ का कारण विश्वका अधिकांश देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । त्यसमा पनि युरोप र अमेरिकाको अवस्था अरु देशको तुलनामा निकै नाजुक देखिन्छ । र, बेलायत पनि गत दुईहप्ता देखि लकडाउनको अवस्थामा छ । अहिले बिशेषगरी स्वास्थ्य संस्था, सप्लायर्स, खाद्यन्न लगायत अति आवश्यक सरकारी निकायहरु मात्र संचालनमा रहेका छन् भने अरु ठप्पै छ । अहिले आम्दानी भन्दा पनि आपूm सुरक्षित भएर घरै बस्ने समय हो । तर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, खाद्यन्न सामाग्री बिक्री गर्ने ग्रोशरी पसलेहरु भने सेवामा जुटिरहेका छन् । र, बेलायतमा नेपालीहरुले संचालन गर्दै आएका अधिकांश ग्रोशरीहरुले पनि आप्mनो सेवा सुचारु रुपमा संचालन गर्दै आएका छन् । जसमध्ये नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित चाईना ओरिन्टल सुपर मार्केटका संचालक कमल गुरुङका अनुसार आपूmहरुले बिहान देखि बेलुकीसम्मनै पसल संचालन गरिरहेको बताउँछन् । तर, पहिलाको जस्तो सजिलो नभएको उनी बताउँछन् । ‘पहिला होलसेलबाट पसलमै डेलिभरी गरिदिने व्यवस्था थियो तर अहिले आफै जानुपर्ने अवस्था त्यसमा पनि १ जनालाई ४ वटा बोरा चामाल र आँटा मात्र दिने गरेको छ । हामी एकपटकमा ३ जना गएर १२ बोरा चामाल ल्याई ग्राहकहरुलाई सेवा दिइरहेका छौं ।’ उनले भने । चामाल र आँटा बाहेक अरु फ्रोजन फुड र चाइनिज सामानहरु भने प्रयाप्त भएको कमल बताउँछन् । उनले ‘होलसेलमै सामानको भाउ अलि बढाएको छ, हामीले नाफानै नराखी ग्राहकहरुलाई उपलब्ध गराईरहेका छौं’ उनले अहिले भिजिटेवल भने अलि अभाव भएको थप्दै आपूmहरुले स्थानीय कृषकहरुले उत्पादन गरेको सागसब्जी खरीदबिक्री गर्ने अनुमतिका लागि काउन्सिलसंग कुराकानी भैरहेको समेत जनाए ।
त्यस्तै, अल्डरसट स्टेशन रोडस्थित क्वालिटी सुपर मार्केट नेपाली पसलहरुमध्ये निकै पुरानो मानिन्छ । सो पसलका संचालक शुक्र श्रेष्ठका अनुसार बिहान १० बजे देखि ५ बजे सम्म मात्र पसल खोलेर ग्राहकहरुको सेवामा जुटिरहेको बताउँछन् । उनका अनुसार अहिलेसम्म ग्राहकहरुलाई रित्तो हात भने फर्काउनु परेको छैन । बिशेष गरी चामाल पहिलाको जस्तो ब्राण्ड हेरेर, रोजेर दिन सकिएको छैन । तर, मासु भने पहिलाको जस्तै सहज रुपमा उपलब्ध गराउदै आएका उनी बताउँछन् ।अल्डरसटमा रहेका थुप्रै नेपाली पसलहरु मध्ये अल्डरसटको भिक्टोरिया रोडमा अवस्थित नमस्ते एक्प्रेस पनि निकै पुरानो पसल हो । सो पसलका संचालक मदन थापाका अनुसार उनीहरुले बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्म ग्राहकहरुको सेवाका लागि पसल खोल्दै आएका छन् । केही सामानहरु प्रयाप्त नभएता पनि अहिलेसम्म अभाव भने नभएको बताउँछन् ।
त्यस्तै, अल्डरसट स्टेशन रोडमा अवस्थित बुद्ध स्टोर्सले पनि करीब १४ बर्षको इतिहास बनाइसकेको छ । उक्त पसलका संचालन सुस्माका अनुसार अहिलेसम्म ग्राहकहरुलाई सेवा दिइरहेको बताउँछिन् । उनले यस्तो अवस्थामा पनि जोखिम मोलेर लण्डन गई लामो क्युमा बसेर सामान ल्याउनु परेको बताईन् । ‘त्यसमा पनि सामान भने जस्तो र भने जति पाईदैन, र होलसेलमै मूल्य समेत बढेको छ’ भन्दै तर ग्राहकहरुले प्राईज अफ भयो भनेर गुनासो गरेको तितो अनुभव सुनाउँछिन् । यस्तो परिस्थितिमा समेत बुद्ध स्टोर्सले बिहान १० देखि साँझ ६ बजेसम्म पसल खोलेर ग्राहकहरुलाई सामान उपलब्ध गराउदै आएको छ ।
अल्डरसटमा थुप्रै नेपाली पसलहरु छन् । हामीले सम्पर्कमा आएका व्यापारीहरुसंग जिज्ञासा राख्ने प्रयत्न ग¥यौं । सोही क्रममा फार्नबोरोस्थित सिटी क्यास एण्ड क्यारी र अल्डरसटस्थित एभरेष्ट क्यास एण्ड क्यारीले भने सामानको अभाव पनि खड्किदै गएको र ग्राहकहरुको संख्यामा पनि बढ्दै आएकोले पसल खोलेर ग्राहक, आप्mनो र आप्mनो कर्मचारीहरुमा झन् जोखिम बढ्न सक्ने संकेत देखिए पछि हाललाई पसल बन्द गरिएको बताए । त्यस्तै, अल्डरसटस्थित वाईन सेलरका संचालिका बिष्णु रानाले बिहान देखि बेलुकीसम्म पसल संचालनमा ल्याईएको बताईन् । उनले दाल, चामाल र नून त्यति प्रयाप्त नभएता पनि अरु सामाग्रीहरु भने प्रयाप्त रहेको जनाईन् । साथै, उनले आपूmहरुले नेपालमा पैसा पठाउने काम समेत गर्दै आएको बताउदै नेपालमा बैंक खाता भएकाहरुलाई अहिले पनि सो सेवा उपलब्ध भएको बताईन् ।
अल्डरसटमा थुप्रै नेपालीहरुले ग्रोशरी संचालन गर्दै आएका छन् । जसमध्ये केहीले होलसेलको समेत व्यापार गर्दै आएका छन् । विगत केही बर्ष देखि अल्डरसटमा रहेर बेलायतका विभिन्न सहर र युरोपका केही स्थानमा सेवा दिदै आएको एभरेष्ट क्यास एण्ड क्यारी होलसेलका संचालक एबी गुरुङले खुद्रा तथा होलसेलका ग्राहकहरुलाई लकडाउन भएता पनि केही सामानहरु स्टक रहेकोले उपलब्ध गराईरहेको बताउँदै नआत्तिन समेत अनुरोध गरे ।
कोभिड–१९ ले विश्वभर संत्रास फैलाईरहेको अवस्थामा पनि नेपाली ग्रोशरी व्यवसायीहरुले दिइरहेको सेवालाई जति खुलेर प्रसंशा गरे पनि कम नै हुन्छ । यस्तो महामारीसंग लड्नका लागि स्वस्थ खानपिनको महत्वपूर्ण भूमिका रहन्छ । अहिले हरेक पाईला पाईलामा खतरा बढ्दै आएको छ । त्यस्तो बिषम परिस्थितिमा पनि सेवा भावका साथ ग्रोशरी खोलेर सेवा गरिरहेका व्यापारीहरुलाई हृदय देखिनै धन्यवाद ।
आप्mनो स्वास्थ्यमा ख्याल गरौं ।
आप्mनो स्वास्थ्यमा ख्याल गरौं ।
सरकारका नियमकानून, अनुरोध र आदेशहरु पूर्ण रुपमा पालना गरौं ।