पूर्वअर्थमन्त्री महतले दिए पञ्‍चकन्या कोरोना उपचार सहयोग कोषमा ५ सय मास्क [कसले कति दिए ?]

SHARE:

एटा संवाददाता

नुवाकोट । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता रामशरण महतले पञ्‍चकन्या गाउँपालिकाले स्थापना गरेको कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषमा ५ सय थान मास्क उपलब्ध गराएका छन् ।

कांग्रेसका गाउँ समिति सभापति बैकुण्ठ खनाल तथा नेता रामेश्वर थापालगायतले गाउँपालिकाको कार्यालय पुगी सोमबार अध्यक्ष तेजबहादुर तामाङलाई ५ सय थान सुरक्षित मास्क हस्तान्तरण गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले महामारीविरुद्धको लडाइँमा पूर्व अर्थमन्त्री डा रामशरण महतले जनाएको ऐक्यबद्धताको लागि गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन् ।

‘यस पञ्चकन्या गाउँपालिकाबाट COVID-19(कोरोना भाइरस) सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार सहयोगको लागि स्थापित कोषमा नेपाली कांग्रेसका गाउँ कमिटी सभापति आदरणिय व्यक्तित्व वैकुण्ठ खनालज्यू तथा आदरणीय नेता रामेश्वर थापाज्यू लगायत अन्य व्यक्तिहरुमार्फत पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतज्यूको तर्फबाट ५०० थान सुरक्षित मास्क प्रदान गर्नु भएकोले उहाँ र उहाँको परिवारप्रति पञ्चकन्या गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ’, प्रशासकीय अधिकृत पुडासैनीले फेसबुकमा लेखेका छन्, ‘उहाँहरुको यस सहयोग महामारीबाट बच्ने कार्यका लागि प्रभावकारी हुने कुरामा कुनै शंका छैन ।’

सहयोग हस्तान्तरणका क्रममा विभिन्न वडाका अध्यक्ष लगायतको उपस्थिति थियो । उनले कोरोना रोकथामको लागि आवश्यक पर्ने सामग्री तथा नगद प्रदान गर्न चाहनेहरुलाई पञ्चकन्या गाउँपालिका स्वागत गर्न आतुर र प्रतिक्षारत रहेको बताएका छन् ।

पञ्‍चकन्या गाउँपालिका स्थानीय विपद् व्यवस्थापन समितिको चैत ११ गतेको निर्णयअनुसार गाउँपालिकाको तर्फबाट १० लाख, अध्यक्ष तेजबहादुर तामाङबाट ३० हजार, उपाध्यक्ष सीता खड्का पराजुलीबाट १५ हजार, वडाध्यक्षहरुको ५ हजारसहित सम्पूर्ण जनप्रतिनिधिहरु स्वेच्छिक रकम र गाउँपालिकाका कर्मचारीहरुका मासिक तलबको १० प्रतिशत रकम जम्मा गरी कोष खडा गरिएको थियो ।

कोषमा विभिन्न व्यक्ति, संघसंस्थाबाट नगद तथा अन्य उपयोग सामग्री सहयोग आउने क्रम चलिरहेको प्रशासकीय अधिकृत पुडासैनीले जानकारी दिए । उनका अनुसार सोमबार नै आधारभूत स्वास्थ्य सेवा विकाससँग आबद्ध राजकुमार शाही, राजेन्द्र मिश्र, जगदीश कुइँकेल र पूर्णप्रसाद पौडेलबाट गाउँपालिकाका ५ वटै वडामा १/ १ वटा Control D NEBULIZER उपलब्ध भएको छ ।

यसअघि चैत १९ गते पञ्चकन्या ४ निवासी मीन कुमार केसीले रु २४०००० बराबरको ६०० थान सुरक्षित मास्क प्रदान गरेका थिए ।

त्यस्तै पञ्चकन्या ३ घलेभञ्जयाङ निवासी टेकबहादुर भण्डारीले परिवारको तर्फबाट कोषमा ५ हजार ५० रुपैयाँ प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!