भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही : प्रधानमन्‍त्री

SHARE:

काठमाडौं । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उप्रधानमन्त्री केपी ओलीले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने दृढता व्यक्त गरेका छन् ।

राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले भने , “समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।”

राष्ट्रिय एकता, राष्ट्रिय शक्ति
सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको भन्दै प्रधानमन्त्रीले संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई आफूले राष्ट्रिय शक्तिको रुपमा लिएको बताए । उनले आगामी दिनमा पनि त्यस्तो समझदारी र एकता निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।

क्वारेन्टिनमा बस्न आग्रह

कोभिड–१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै प्रधानमन्त्रीले सबैलाई थप सचेत र सावधान रहन आग्रह गर्नुभयो । विदेशबाट आएका सबैलाई ‘क्वारेन्टिन’मा बस्न आग्रह गर्दै उनले भने, “बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण एक जनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टिनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!