कोरोनादेखि डराउनु हुँदैन’: डा प्रसन्न गौतम

SHARE:

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत एबरडिन युनिभर्सिटी हस्पिटल्स ट्रस्टमा  वृद्धवृद्धाको स्वास्थ्य स्याहार सम्बन्धि परामर्शदाता  (जेरीयाट्रिक कन्सलट्यान्ट) को रुपमा काम गरेका .  प्रसन्न गौतमअहिले सपरिवार स्कटल्यान्डको एबरडिन मा बस्छन् ।नेपाल, हिन्द, अंग्रेजी र संस्कृतमा थुप्रै पुस्तकहरु लेखेका ऋग्वेदका ज्ञाता ७५ वर्षीय . गौतमसंग कोरोना संकटका माझ खासगरी वृद्धवृद्धाको स्वास्थ्य स्याहारका बारेमा हामीले कुरा गरेका थियौं  यो कुराकानी नेपाल पत्रकार महासंघ युके शाखाको कोरोना भाइरस सम्बन्धी सचेतना अभियान अन्तर्गत तयार पारिएको हो

युकेमा धेरै वृद्धावस्थाका गोरखाहरुले कोरोनाको त्रासका कारण आफूलाई भाडाको घरभित्र सीमित गरिराख्नुभएको छ । उहाँहरुलाई सुरक्षित रहन के सुझाव दिनुहुन्छ ?

म उहाँहरुलाई सरकारले जारी गरेका निम्न सल्लाह पालना गर्न सुझाव दिन्छु । कृपया घर वा कोठाभित्रै बस्नुहोस । कसरत गर्नका लागि दिनको एकपटक बढीमा एक घण्टाका लागि बाहिर जानुहोस् । एक व्यक्ति र अर्को व्यक्तिबीच पाँच हात वा दुई मिटरको दुरी राख्नुहोस् । खानेकुरा वा औषधि किन्न बाहिर जान सक्नुहुन्छ तर सकेसम्म एकदमै कम, हप्तामा एकपटक वा त्योभन्दा कम जानहोला । सरकारले तोकेबाहेक निम्न कुराहरुले सुरक्षित रहन फाइदा पुग्ने देख्छु । निराशाजनक समाचारहरु सामाजिक सञ्जालमा नहेर्नुहोस्। त्योभन्दा गीत सुन्नुहोस्, रेडियो सुन्नुहोस्, फिल्म हेर्नुहोस् । घरभित्रै सृजनात्मक कार्य गर्नुहोस् । जस्तै नयाँखानेकुरा पकाउनुहोस् । चित्र कोर्नुहोस् । बाजा बजाउनु होस्। गीत लेख्नुहोस् । कविता, लेख लेख्नुहोस् । बुन्ने, सिउने, घरको काम सघाउने, चुटकिला भन्ने गर्नुहोस् । दैनिक ८ घण्टाभन्दा धेरै सुत्नुहोस् । प्रशस्त झोलिलो खानेकुरा खानुहोस् । मदिरा कम खानुहोस् । ताजा फलफूल, तरकारी खानुहोस् । दैनिक औषधि खानपर्ने भए खान नबिर्सनुहोस् । अति आवश्यक पर्दाबाहेक कसैलाई घरमा आउन नदिनुहोस् ।

बुढापाकाहरुले घरै बसीबसी के कसरत गर्न सक्छन् ?

पहिले जुन कसरत गरिरहनु भएको छ त्यसलाई निरन्तरता दिन सक्नुहुन्छ । यदि पहिले कसरत गर्नुभएको छैन भने अब नयाँ शुरु गर्नुहोला । राम्रो गतिमा दैनिक २० मिनेट हिँड्नु राम्रो शुरुवात हो । १० देखि २० मिनेटसम्म लामो श्वास लिने र हात फैलाउने गर्दा पनि राम्रो कसरत हुन्छ । पाखुरा, खुट्टा तन्काउनुहोस्,जोर्नीहरु खुकुलो बनाउनुहोस् । हरेक क्रियाकलाप शुरु गर्दा लामो श्वास लिनुहोस् र पूर्ववत अवस्थामा ल्याउँदा श्वास छोड्नुहोस् । १०÷२० मिनेट अगाडि निहुरिने र घुँडाले जमिन छुने गर्नुहोस् । सीधा उभिने र पछाडि निहुरिने पनि गर्न सक्नुहुन्छ । अगाडि–पछाडि दुवैतिर १०÷१० पटक निहुरिन सकिन्छ । एक खुट्टामा एक मिनेट र अर्को खुट्टामा एक मिनेट उभिने कोसिस गर्नुहोस् । यसले सन्तुलन मिलाउन सहयोग गर्छ । यदि घरमा नेटफ्लिक्स, अमाजन वा युट्यूब छ भने िलाटिज़, योगको अभ्यास हेर्दै गर्न सक्नु हुन्छ।

बुढापाकाहरु यस्तो समयमा कसरी मानसिकरुपमा तन्दुरुस्त रहनसक्छन् ?

यदि तपाई अनिदो, चिन्ता, आक्रोश, निराशा, बेचैन हुनुभयो भने झन् समस्या पर्नसक्छ । सम्झनुहोस् सबैलाई समस्या परेको छ । रानीलाई समेत असर परेको छ । तपाई मात्र एक्लो होइन । यो कुरा सजिलो छैन तर हामीसित अरु रोजाइ पनि त छैन । हामीले सकारात्मक सोच्ने कोसिस गर्नुपर्छ । डराउनु हुँदैन । डरले हो समस्या बढाउने । १० जनामा ८÷९ जना त सञ्चो भएर घर फर्किरहेकै छन् । केही कुराका बारेमा वा कसैको बारेमा तपाईले जति चिन्ता लिनुहुन्छ तपाईले चिन्ता लिएर केही हुनेवाला छैन । त्यसैले राम्रो हुन्छ भन्ने आशा गर्नुहोस् । किताब पढ्नुहोस्, पत्रिका पढ्नुहोस् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य इंग्ल्याण्डले कोरोनाबाट बच्न धेरै सूचनाहरु बनाएका छन तर ज्येष्ठ नागरिकसम्मपुगिरहेका छैनन् । यसमा कसरी हामीले सहयोग गर्न सकौँला ?

व्याबहारिक कुराहरु पालना गर्नुहोस् । परम्परागत जीवनयापनका कुराहरु जस्तै प्रशस्त सुत्ने, पोसिलो खानेकुरा खाने, थोरै मात्र रक्सीखाने, चुरोट, खैनी खान छोड्ने । यदि भाषाको समस्या छ भने नेपाली बोल्ने साथी वा छिमेकीलाई सहयोग माग्नुहोस् । जीपीमा नजानुहोस्, फोन गर्नुहोस् । यदि तपाईको केस वर्कर वा सोसल वर्करको नम्बर भए फोन गर्नुहोस् र मद्दत माग्नुहोस् ।

धेरैजसो बुढापाकाहरु, खासगरी गोरखाहरुले नेपालमा छोराछोरीलाई पैसा पठाउनु हुन्छ, नेपालमा पनि लकडाउन भएकाले उनीहरुको चिन्ता गर्नु हुन्छ । उहाँहरुलाई तपाईं के सल्लाह दिनुहुन्छ ?

नेपालमा सधैँजस्तै टेलिफोन गरी पैसा पठाउन सक्नुहुन्छ । नेपालमा भाइरसले त्यति नराम्रो गरिसकेको छैन । नेपालको अवस्था चिन्ताजनक छैन । त्यहाँ पनि तपाईका छोराछोरीलाई यहाँ हामीलाई जस्तै घरमै बस्न भनिएको छ । उनीहरु अहिले शायद हामीहरुभन्दा बढी सुरक्षित होलान् । झगडा नगर्नु, धेरै नपिउनु भन्नुहोला । उनीहरुसित टेलिफोन, फेसबुक, भाइबर, ह्वासआपबाट कुराकानी गर्न सक्नुहुन्छ । यदि तपाईसित आधुनिक सुविधा भएको फोन छैन भने फोनबाटै वा अनलाइन किन्न सक्नुहुन्छ । एकपटक प्रयोग भइसकेका फोनहरु यीकामका लागि पर्याप्त हुन्छन् र महंगा पनि हुँदैनन् ।

नेपालीहरु स्वभावैले बर्हिमुखी र सामाजिक हुन्छन् तर हामीलाई घरमै बस्नु भनिएको छ । के हामीले अब हाम्रो पुरानो आदत छाड्नै पर्नेहो त ? कि कोरोना सकिएपछि पुरानै दिन फर्केलान् ?

होइन । हामीले हाम्रो इमानदारिता, खुलापन, सामाजिक अन्तरघुलन, आदरसत्कार, सहयोगी भाव कायम राख्नुपर्छ । यो विश्व संकटको अवस्था हो । केही महिनामा यो सकिन्छ र हामी सबै फेरि खुशी हुनेछौँ । महारानीले पनि यही भन्नुभएको छ ।

अन्य केही सुझाव छन् कि ?

हामीहरु जन्मदेखि नै हिमालको हावा र पहाडको पानी पिएर बलियो छौँ । हामीहरु यो समस्याबाट पार पाउनेछौँ, जसरी विगतमा पायौँ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!