पत्रकार बिपिन निरौला हिमालय मेल डटकम को प्रधान सम्पादक नियुक्त

SHARE:

लण्डन । नेपाली नया बर्ष २०७७ को शुभकामना सहित बेलायतस्थित पत्रकार बिपिन निरौला हिमालय मेल डटकमको प्रधान सम्पादक नियुक्त भएका छन् । बिगत एक दशक भन्दा बढी समयदेखि बेलायतमा रहेर पत्रकारितामा संलग्न निरौला नेपालबाट प्रकाशित र प्रशारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट रिपोर्टिंग समेत गर्दै आएका छन् । नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष्य निरौला युनियनको सस्थापक संयोजक , नेपाल पत्रकार महसंघ बेलायतको संस्थापक सदस्य र बर्तमान सल्लाहकार समेत रहेका छन। नेपाल प्रेस इन्स्च्यिूटबाट पत्रकारिताको तालिम लिएका निरौलाले बेलायतकै लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट पत्रकारिता बिषयमा थप अध्ययन गरेका छन् । नेदरल्याण्ड फेलोसिप प्रोग्राम अन्तर्गत रेडियो नेदरल्याडबाट पत्रकारिताको तालिम समेत लिएका निरौला रेडियो नेपालको ‘घटना र विचार’, असल शासन लगायतका नेपाली मिडियामा काम गरिसकेका छन् ।

देशान्तर, घटना र विचार लगायतका प्रिन्ट मेडियामा काम गरिसकेका निरौला हाल एभिन्युज टेलिभिजनका लागि यूके सम्वाददाताका रुपमा सक्रिय पत्रकारिता गरिरहेका छन् । निरौलाको सम्पादकीय नेतृत्वमा हिमालय मेल डट कम युकेले आगामी दिनमा अझ निस्पक्ष्य र सुचनामुलक समाचार सामाग्री प्रकाशन गरी पाठक र सम्पूर्ण नेपाली समाजलाइ सेवा गर्ने आशा एबम बिश्वास लिएको छ । साथै सम्पूर्ण पाठक र शुभेच्छुकहरुमा नेपाली नया बर्ष २०७७ सालको सुअबसरमा कोरोना भाइरस संग लड्न सक्ने क्षमता प्राप्त होस् भन्दै सुस्वास्थ्य एबम प्रगतिको मंगलमय शुभकामना ब्यक्त गर्दछ ।नेपाली समुदायसँग परिचित निरौलाले डायस्पोराको पत्रकारितालाई नयाँ उचाइ दिने आशा एबम बिश्वास गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!