डा. शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेको छैन : स्वास्थ्य मन्त्रालय

SHARE:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताए । मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टिकरण सोधिएको भनि प्रकाशन/प्रशारण भएका समाचार सत्य नभएको उहााको भनाइ छ । ’अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्‍याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सहसचिव विष्टले बताए ।

सञ्चारमाध्यममा सत्यतथ्य नबुझि समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सहसचिव विष्टले बताए । सहसचिव विष्टले विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको आरोप लगाए । उनले भने, ‘प्रमुख मेडिकल अधिकृत पुनले समेत आफुले पत्र नपाएको भनि मिडियालाई बताउनुभएको सन्दर्भमा मिडियाहरुले वहााको भनाइनै खण्डन हुने गरी मन्त्रालयले पठाएको पत्रमा उहाालाई स्पस्टिकरण सोधेको भनी कपोकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपुर्ण छ ।’

मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड—१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैराश्यता छर्ने काम भएको सहसचिव विष्टको भनाई छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!