नेपालमा चार जना कोरोना संक्रमित निको भए

SHARE:

काठमाडौं । विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरि अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवालाई डिस्चार्ज गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताए । दोस्रो र तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भएको उनले बताए । गते चैत ११ गते भारतबाट फर्किएका ती युवकमा क्वारेन्टाइनमा बसेको १३ दिनपछि कोरोना पोजेटिभ देखिएको थियो । चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले २७ जना उपचाररत रहेका छन् । शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसागै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उहााले बताउनुभयो पछिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन् । प्रदेशहरुमा परीक्षण्का लागि थप किटहरु पठाइएको छ ।

भेरी अस्पतालमा पनि आइतबारबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको छ । यो सागै देशभरी १५ वटा अस्पतालबाट पिसिआर विधिबाट परीक्षण सुरु भएको प्रवक्ता देवकोटाले बताउनुभयो । भेरी अस्पतालमा अहिले ८ वटा नमुना परीक्षणको क्रममा रहेका छन् ।

सरकारले विभिन्न प्रदेशहरुबाट आएका रिपोर्टहरुलाई भेरिफाइ गर्न क्रस परीक्षण गरिरहेको जनाएको छ । पश्चिममा भेरी अस्पताल र पूर्वमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्य अस्पतालबाट आएका रिपोर्टहरु पुन: परीक्षण गरिने र त्यहाा पोजेटिभ देखिएमा मात्रै पुष्टि हुने प्रवक्ता देवकोटाले बताए ।

क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!