युट्युब हेर्दै खानाका परिकार बनाउन सिक्दै

SHARE:

कपिलवस्तु । वाणगङ्गा नगरपालिका–४ की अस्मिता कुँवरले लकडाउन सदुपयोग गर्दै ढाकाका कपडा बुनिरहेका छन् । कुँवरलाई कपडा सिलाइको व्यस्तताले गर्दा समय बितेको पत्तो छैन । बुद्धभूमि नगरपालिकाका–४ का विनोद केसीलाई भने यस समयमा खूब अध्ययन गर्ने मौका जुरेको छ । एक महिनाका अवधिमा उनले आधा दर्जनभन्दा बढी पुस्तक पढिसकेका छन् ।

शिवराज नगरपालिका –१ की सुनिता कहाँर भने यति बेला युट्युबका माध्यमबाट झुमरा, ढकिया, फूलदानीलगायत घर सजावटका विभिन्न सामग्री बनाउँदै छन् । बहिनीको कामबाट प्रेरणा पाउनुभएका अनिताले पनि यस समयलाई भने खेर जान दिएको छैन । आफ्नो इच्छानुसार काम गर्न लकडाउनले ठूलो अवसर प्रदान गरेको बताउँदै उनले आफूले विभिन्न खालका चित्र तथा मूर्ति बनाउने गरेको जानकारी दिए । उनको जस्तै अनुभव अनुपा पासीको पनि छ । लामो समय लकडाउन हुँदा दिक्क मान्ने पासीलाई घरकै कामले भ्याइनभ्याई छ ।

वाणगङ्गा –२ की मीना सुनार जागीरका कारण घरभन्दा बाहिर बस्दै आएका थिए । पटकपटक परिवारमा समय नदिएको गुनासो सुन्दै आएकी सुनारले यतिबेला घर परिवारमा पर्याप्त समय दिएका छन् । यसरी परिवारसँग समय व्यतीत गर्दा छुट्टै किसिमको आनन्द मिल्ने गरेको उनले सुनाए । विद्यालय बन्द हुँदा मोबाइलमा मात्रै रमाउने वाणगङ्गा–४ की दिया श्रेष्ठ र उनकै छिमेकी स्नेहा क्षेत्री पनि नयाँनयाँ परिकार बनाउन सिकिरहेका छन् ।

घरमै सेलरोटी, पानीपुरीलगायत परिकार बनाउने गरेका छन् । सधैँ एकैप्रकारको खाना खाँदा वाक्क लाग्ने भएकाले युट्युब हेरेर वा साथीहरूबाट सिकेर नयाँ खाजाका परिकार बनाउन सिक्ने अवसरका रुपमा यो समयलाई उपयोग गर्दै आएको उनको भनाइ छ ।

वाणगङ्गा–३ चम्कीपुरकी ५५ वर्षीया सुनरमतिया थारुलाई पनि खाली समय बिताउन समस्या भएपछि छिमेकीसँग घर सजावटका सामान बनाउन सिकिरहेका छन् । केही गर्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण उहाँबाट पाउन सकिन्छ । वरपर छिमेकीले हातेपङ्खा, ढकिया बनाएको देखेपछि उहाँमा पनि यो जाँगर चलेको छ ।

बन्दाबन्दीका समयमा अभिभावकहरु काममा नजाँदा बालबालिकाले पनि जान्नेबुझ्ने अवसर पाएका छन् । यही अवसरको सदुपयोय गर्दै वाणगङ्गा–५ की पाँच वर्षीया कृतिका न्यौपानेले विद्यालय जान नपाए पनि आमासँग घरमा बसेर पढ्नुभएको छ । यस समय उनी जस्तै अन्य बालबालिकाले घरमै व्यवहारोपयोगी ज्ञान र सीप सिक्न पाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!