हिमाली साँस्कृतिक परिवारद्धारा ११ कलाकारलाई खाद्यान्न सहयोग

SHARE:


हुम तमु
पोखरा, १५ बैशाख
कोभिड १९ कोरोना भाइरसले विश्वमा महाव्याधिका कारण नेपाल लकडाउन छ। महिना अघिदेखिको लकडाउनले नागरिकहरुमा दिन दिनै समस्या थपिदै गएको छ।यसैक्रममा हिमाली साँस्कृतिक परिवारले खाद्यान्न अभावमा परेका कलाकारहरुलाई सोमवार राहत स्वरुप खाद्यान्न वितरण गरेको छ। लोक सँस्कृति संरक्षण र विकासका लागि क्रियाशील पोखरा ९ पुरानो बसपार्कस्थित हिमाली साँस्कृतिक परिवारले सोमवार पोखरा १५ नयाँ गाँउमा आयोजित कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका ११ जना कलाकारहरुलाई एक एक बोरा चामल, दाल, तेल, नुन, सोयबिन लगायतका खाद्यान्न वितरण गरेको हो। खाद्यान्न समस्यामा रहेका कलाकारहरुलाई परिवारका अध्यक्ष मेनकाजी गुरुङले खाद्यान्न वितरण गर्नुभएको हो।

उक्त खाद्यान्न राहत वितरणमा रामबजारस्थित समाज विकास समितिले दुई जना कलाकारहरुका लागि खाद्यान्न वापत रकम उपलब्ध गराएको हिमाली साँस्कृतिक परिवारका कोषाध्यक्ष महादेव पोखरेलले जानकारी दिनुभयो। सोमवार वितरण खाद्यान्न राहत एक जना कलाकारलाई दूइहजार बराबरको सहयोग गरेको उहाँले बताउनुभयो।  कोरोना महामारीका कारण लामो लकडाउनले कलाकारहरु समस्यामा परेकाले क्लवको तर्फबाट कलाकारहरुलाई सहयोग गरेको र परिवारका कुनै कलाकारलाई आगामी दिनमा पनि समस्या परे हिमाली साँस्कृतिक परिवारले आभिभावकत्व प्रदान गर्ने अध्यक्ष मेनकाजी गुरुङले बताउनुभयो। यसअघि हिमाली साँस्कृतिक परिवारले आइतवार कोरोना भाइरस नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकालाई २० हजार एक रुपैया सहयोग गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!