एनआरएनए युकेद्वारा नेपाल जान चाहनेहरुको नाम संकलन शुरु

SHARE:

एटा संवाददाता ।
लण्डन । एनआरएनए युकेले बिगत ५० दिन देखि बेलायतले गर्दै आएको लकडाउनका कारण नेपाल फर्कन नपाएका नेपालीहरुको नाम संकलन अभियान शुरुवात गरेको छ । कोरोना भाईरसले सिर्जना गरेको असहजता कारण थुप्रै नेपालीहरु मातृभूमि नेपालको यात्रा तय गर्न पाएका छैनन् । त्यसबीचमा बिशेष गरी बेलायत भ्रमणमा आएका नेपालीहरुले नेपाल फर्कन चाहेता पनि अहिलेसम्म संभव भएको छैन । त्यस्ता नेपाल जान चाहने नेपालीहरुको चाहनालाई ध्यानमा राखेर एनआरएनए युकेको नेपाल जान चाहने नेपालीहरुको नाम संकलन अभियानको थालनी गरेको हो । यस अभियानको मूल उद्देश्य नेपाल जान चाहने बेलायतमा बसोबास गर्ने गैर आवासिय नेपाली, बेलायत भ्रमण आएका नेपाली, विद्यार्थी लगायतको नामावली संकलन गरि नेपाल सरकार, नेपाली राजदूतावास, ट्राभल्स एजेन्सी, एयर लाईन्स एवं अन्य सरोकारवालाहरु संग समन्वय गरि नेपाल जान सहजीकरण गर्ने भन्ने हो ।

एनआरएनए युकेले कोरोना भाईरसबाट प्रभावितहरुलाई विभिन्न माध्यमबाट राहत एवं अन्य सहयोग गरिरहेको र यस अभियानलाई अझ शसक्त बनाउन मातृभूमि फर्काउ अभियान अन्तर्गत उक्त कार्य शुरु गरिएको हो । यसैबीच एनआरएनए युकेका उपाध्यक्ष राम चन्द्र पोखरेलको संयोजकत्वमा रहेको उक्त नेपाल फर्काउ अभियानले नेपाल जान चाहने व्यक्तिले तल दिइएको लिंकमा गई आ–आप्mनो नाम दर्ता गराउन समेत अनुरोध गरेको छ ।

लिंक यसप्रकार रहेको छ:

https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!