नेपालमा देखियो एकैदिन ५७ कोरोना, संक्रमितको संख्या १५७ पुग्यो

SHARE:

काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारमात्रै पर्सामा ३९, रुपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा १ गरी ५७ जनामा नयाँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनम प्रवक्ता विकास देवकोटाले नयाँ संक्रमण देखिएकालाई विभिन्न अस्पतालमा उपचारका लागि लैजानेक्रममा रहेको जानकारी दिएका हुन् । उनका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमित मध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाले गत २४ घण्टामा २ हजार २ सय ३६ नमुनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । अहिलेसम्म पीसीआर प्रविधिबाट १८ हजार ९ सय ६४ र आरडिटीबाट ५९ हजार ६ सय २७ वटा नमुना परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा १ जना र उपत्यका बाहिर २ सय २७ गरी मुलुकभर २ सय २८ जना आईसोलेसनमा उपचाररत छन् । त्यसैगरी १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेश १ मा ९ सय ७४ , प्रदेश २ मा १ हजार ५ सय ३४, बाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २ सय ९२, प्रदेश ५ माख ५ हजार ४ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ र सुदुरपश्चिम प्रदेशमा २ हजार ७ सय ५४ जना क्वारेन्टाइनमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!