नेपालमा बुधबार थप दुईमा सङ्क्रमण भेटियो, कोरोना भाइरस सङ्क्रमित २१९ पुगे

SHARE:

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बुधबार दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए ।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!