नेपालका धिमाल जातिको मृत्यु संस्कार

SHARE:

गुरुङ रामप्रकाश समथिङ

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार धिमाल जातिको जनसंख्या महिला १४ हजार १ सय ८४ र पुरुष १२ हजार १ सय १४ जना गरी जम्मा २६ हजार ९ सय ९८ जना रहेका छन् ।

मृत्युबाहेकका सम्पूर्ण धार्मिक कार्यहरु आफ्नो जातिको पुरेतद्वारा सम्पन्न गर्ने धिमाल जाति मृत्यु संस्कार भने बाहुन पुरेतद्वारा सम्पन्न गर्दछन् । धिमाल जातिको मानिसको मृत्यु भएमा लासलाई हिउँदको समयमा मृत्यु भएमा जलाउने र वर्षायामको समयमा मृत्यु भएमा गाड्ने गर्दछ । प्रायःगरी मृतकलाई दागबत्ती दिनु पर्दा जेठो छोराले दिने गर्दछ ।

धिमाल जातिमा मानिसको मृत्युपश्चात् लासलाई घरभित्र नै राखी अन्य मानिसहरुलाई बोलाउने गर्दछ । गाउँहरुले मानिस मरेको खबर पाएपछि भेला हुने गर्दछ । लासलाई बाँसमा लगाइसकेपछि धाँगोले बाँध्ने गर्दछ । अच्चमको चलन धिमाल जातिमा जति जना छोरा भए पनि जेठा छोराले मात्र किरिया बार्ने र किरिया बार्ने छोराले बाँसमा बाँधेको लासलाई हातले हान्ने चलन छ । मृतकलाई अन्तिम संस्कार गर्नको लािग घरभित्रको काम पुरुषहरुले गर्दछ । महिलाहरुले घरभित्रबाट लास ल्याएर आँगनमा राख्नको लागि आँगन लिप्ने काम गर्दछ ।

धिमाल जातिमा महिलाहरु मलामी जाने चलन छैन । त्यसैले मलामी नजाने चलन भएकोले होला मलामी नजानेहरुले लासको छातीमा बल्दै गरेको दियो राखी माटो दिने गर्दछ । तोरी, भुटेको धान, चामल र तामाको पैसा छर्दै लासलाई बोकी जंगल वा खोलातिर लाने गर्दछ । लासलाई जंगल वा खोलातिर लैजाँदा महिला भए कुखुराको पोथी र पुरुष भए कुखुराको भाले पनि सँगै लिएर जाने गर्दछ । लासको अन्त्येष्टि गरिसकेपछि महिला भए कुखुराको पोथी र पुरुष भए कुखुराको भाले, एक माना चामल, तामाको पैसा र रक्सीले पूजा गर्दछ । अनि मलामीहरु नुहाएर घर फर्कन्छ ।

मलामीहरु घर आइपुगेपछि तुलसी र दूबोको पात पानीमा लगाई छर्कंदै आगो, तेल र फलाम छोएर मलामीहरु चोखिन्छन् । किरिया बार्ने छोराले पाँच, सात र नौ दिनसम्म कसैसँग बोल्न र छुवाछुत गर्न हुँदैन । किरिया बार्नेले अरुले पकाएको खाँदैनन्, आफंै पकाएर खाने गर्दछ । त्यसमा पनि मन लागि र अगाउने गरी भात खान पाइँदैन । एक पन्यू मात्र खान पाइन्छ ।

किरिया बारेर शुद्ध हुने दिन मृतकका आफन्तहरुले कपाल काट्ने गर्दछ । सुद्धाइँ हुने दिन सबै आफन्तहरुलाई अनिवार्य बोलाउने गर्दछ । त्यति खबर पाएर पनि आएन भने दण्डसमेत गर्ने चलन छ ।

धिमाल जातिको मृत्यु संस्कार आफ्नै जातिको पुरेतद्वारा सम्पन्न गर्ने गर्दछ । जसलाई बराङ्ग भन्ने गर्दछ । कामबाट शुद्ध हुने दिन सबै आफन्त तथा इष्टमित्रहरु भेला भएर बस्दछन् । काम सक्ने दिन पुरोहितले एकमाना चामलको भात र हरियो साग पकाई सात वटा पिण्ड बनाउँदछ । जुन बनाएको पिण्डलाई पुरोहितले किरिया बार्नेलाई सुगाउँदै अब किरिया बार्नेले पनि सबै जस्तै खान, लाउन, हिँड्न र बोल्न पाउने कि नपाउने भनी भेला भएकाहरुलाई प्रश्न जस्तो गर्दछ । अनि भेला भएकाहरुले पाउने भनेर उत्तर दिनु पर्ने हुन्छ र पाउने भन्दछ । त्यसपछि किरिया बार्नेहरुलाई आफन्तहरुले एक बटुको तेल टाउकोमा लगाइदिने, जुवारीकोट र लगौटी फेरिदिने गर्दछ । कपडा फेरिसकेपछि सबै जना भेला भएर सँगै बसेर खाने गर्दछ ।

एघारौं दिनमा कपाल र नङ काट्ने अनि भिजाएको चामल सबै भेला भएकाहरुलाई बाँड्ने गर्दछ । अनि सबैले खाएपछि मात्र मृत्यु संस्कारबाट शुद्ध भएको मान्ने गर्दछ ।

सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चाम्लिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक भोटे जातिबारे लेख प्रकाशन गरिनेछ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!