प्रदेश नम्बर ३ का उपसभामुख तथा पूर्वराज्यमन्त्री राधिका तामाङले विद्यालयका छात्र/छात्राहरुलाई पोशाक तथा कपी डटपेन वितरण गरेका छन् ।
आफ्नै आमाबुवाको नाममा स्थापना भएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिका वडा नं १ र ३ का तीनवटा विद्यालयका ११० जना विद्यार्थीका लागि पोशाक वितरण गरेका हुन् । जेठ १० गते बिहीबार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा शिवपुरी–३ का माङचेभूमे प्रावि, शिलाका प्रावि र वडा नम्बर १ स्थित खोलेखर्क आधारभूत विद्यायलका विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । माङचेभूमे प्राविका कक्षा ३ सम्म जम्मा विद्यार्थी १८ जना र शिलाका प्रावि कक्षा २ सम्म जम्मा विद्यार्थी १५ जना स्वयंलाई ती सामाग्री तिरण गरेका थिए भने खोलेखर्क आधारभूत विद्यायलका कक्षा ८ सम्म जम्मा विद्यार्थी ७७ जनाका लागि विद्यालयका प्रधानाध्यापक विन्देश्वर शाह, व्यवस्थापन समितिका अध्यक्ष कविराज गुरुङ र शिक्षक बिरबहादुर तामाङलाई संयुक्त रुपमा एकमुष्ठ हस्तान्तरण गरेका थिए । हस्ताण्तरण पश्चात कार्यक्रममा संबोधन गर्दै प्रमुख अतिथि राधिका तामाङले जिल्लाका त्यो विकट भूमिलाई अहिलेको अवस्थासम्म ल्याउन र आफुलाई राज्यको महत्वपूर्ण निकाय उपसभामुख बन्ने अवस्था सम्म आइपुग्नका लागि स्वर्गीय आमा राम्री तामाङको मुख्य भूमिका रहेको चर्चा गर्दै उनको अधुरा सपना र यस गाउँका बासिन्दाहरुको चाहनालाई पुरा गरी समृद्ध गाउँ बनाउन प्रतिबद्ध रहेको बताइन् । कार्यक्रमलाई वडा नं. १ का सदस्य रेशम गुरुङ, समाजसेवी मिनबहादुर तामाङ, विद्यालय शिक्षक महेन्द्र केसीले सम्बोधन गरेका थिए ।
पञ्चायतकालदेखि राजनीतिमा सक्रिय स्वर्गीय राम्री तामाङ माङचेभूमे प्रावि र शिलाका प्राविका संस्थापक साथै खोलेखर्क आधारभूत विद्यायलका व्यवस्थापन समितिका सदस्य थिइन् ।






